रेडक्रस पोखरा–१० उपशाखामा श्रेष्ठ

आदर्श समाज सम्वाददाता
माघ ७, २०७५
sammar bahadur srht_Fotor

पोखरा, ६ माघ ।  नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखा सभापतिमा सम्मरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै, कार्यसमिति सदस्यमा सूर्यबहादुर बानियाँ, जीवन श्रेष्ठ, सीता तिमिल्सिना, कलावती अधिकारी शर्मा, जमुना बराल, किरणप्रसाद भट्टचन, नरहरि पनेरु, पूर्णप्रसाद तिमिल्सिना र हरिमाया भुजेल निर्विरोध निर्वाचित भए ।

रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की उपसभापति एवं निर्बाचन समितिका निर्बाचन अधिकृत दण्डराज शर्मा, अफिसियल उपनिदेर्शक खेमराज सापकोटा र गणेश कोइरालाको निर्बाचन समितिले ४ वषे कार्यकालको लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

उपशाखाको रजतजयन्ती समापन समारोह, सम्मान, स्मारिका विमोचन तथा १९ औं साधारणसभा तथा अधिवेशनको सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरेकी थिइन् । सो अवसरमा विभिन्न व्यक्तिको सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width