हेमजा, ३ माघ। पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानको स्तरोन्नति कार्य विहीवारदेखि शुरु भएको छ। पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठले सो कार्यको शिलान्यास गरे।
उनले गौरीशंकर खेलमैदानले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरिसकेको चर्चा गर्दै मैदान स्तरोन्नतिका लागि खेलकुद मन्त्रीदेखि क्षेत्र र जिल्लाको समेत चासो रहेको औँल्याए।
उनले नाइन ए साइड खेल्न मिल्ने हालको मैदान स्तरउन्नति गरी इलाभन ए साइड खेल्ने मिल्ने बनाइने जनाए।
विगतमा खेलमैदान निर्माणका लागि बिनियोजित १० लाख काम नभई फिर्ता भएको तर्क संकेत गर्दै अध्यक्ष श्रेष्ठले अब त्यस्तो अवस्था नआओस् भनी हेमजावासीलाई सचेत पनि गराए। अन्तराष्ट्रिय मापदण्ड अनुसारको मैदान बनाउनुपनेर्मा उनको जोड थियो। मैदान निर्माण समिति अध्यक्ष कृष्णबहादुर कुँवरले सरोकारवालाको सदासयताबाट खेलमैदान स्तरउन्नति गर्न लागिएको जनाउँदै प्रारम्भिक चरणमा खेल मैदानको लेभलिङ साथै नाला निर्माण गरिने बताए।
उनले गुणस्तरीय काम गर्ने प्रतिबद्घता व्यक्त गर्दै पेश्कीस्वरुप १६ लाख निर्माण समितिको खातामा आइसकेको जानकारी दिए।हेमजा युनाइटेडको पहलमा मैदान स्तरउन्नति गर्न लागिएको हो। निर्माण समिति अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव विष्णुहरि पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१