खैरेनीटार, २ माघ। खैरेनी माध्यमिक विद्यालय, शुक्लागण्डकीको स्वर्ण महोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। कालिमा स्वास्थ्य क्लिनिक खैरेनीटारले प्राविधिक सहयोग पुर्याएको कार्यक्रममा १ सय ४० जनाको स्वास्थ्य जाँच गरिएको थियो । यस्तै, शुक्लागण्डकी नगरस्तरीय आधारभूत तह हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो। १० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा खैरेनी मावि ‘बी’ प्रथम, खैरेनी मावि समूह ‘ए’ दोस्रो, जनकल्याण माविको समूह तेस्रो भए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक विष्णुहरि तिम्सिना, दीपक भण्डारी, राजेन्द्र तिम्सिना र सुरजकुमार श्रेष्ठले गरेका थिए।
कार्यक्रअघि विद्यालयले प्रभातफेरी गरेको थियो । प्रभातफेरीमा विद्यार्थी, शिक्षक, अभिभावक, वर्तमान तथा पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय समाजसेवी लगायतको सहभागिता थियो ।
प्रभातफेरीमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष कमलमोहन घिमिरे, प्रधानाध्यापक केशवराज घिमिरे, सहायक प्रधानाध्यापक राचन्द्र बगाले लगायतले सम्बोधन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१