पोखरा महोत्सवको तयारी अन्तिम चरणमा

आदर्श समाज सम्वाददाता
पौष २५, २०७५
pokhara festival

पोखरा, २४ पुस। युनाइटेड क्लबले पुस २७ देखि माघ ८ सम्म आयोजना गर्न लागेको नवौं पोखरा महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवस्थल व्यवस्थापन, मञ्च, स्टल निर्माण, प्रचारप्रसार लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको क्लबका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।

अमरसिंह माविको खेल मैदानमा हुने महोत्सव कला, संस्कृति, भेषभुषा संरक्षणमा टेवा पुर्याउने, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको विकास गरी देशलाई समृद्व गराउने, विकसित सूचना प्रविधिबारे जानकारी दिने लगायत उद्देश्यले आयोजना गर्न लागिएको हो।

महोत्सवमा विभिन्न जातजातिका कला संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकला प्रदर्शनी, लोक नृत्य, कृषि, अटो मेला, बाल उद्यान रहने छन्। महोत्सवमा हरेक दिन कलाकारको प्रस्तुति रहने छ।

महोत्सव अवसरमा यसपटक पोखरा वडा ३०, ३१ र ३२ मा पने निर्माणाधीन चिडियाखाना अवलोकन व्यवस्था मिलाइने भएको छ।

‘दैनिक ६० जनालाई निःशुल्क रुपमा चिडियाखाना अवलोकन गराइने छ,’ क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेलले भने, ‘चिडियाखानामा २२÷२५ जनावर प्रत्यक्ष देख्न पाइने छ।’ उनले आउँदो असोजसम्म चिडियाखाना संचालन गर्ने गरी काम अघि बढेको जानकारी दिए।

महोत्सवबाट ३८ लाख ६० हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको छ। महोत्सव सम्पन्न गर्न ८७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने तथा १ करोड २६ लाख १० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। करिब दुई लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

महोत्सवमा विभिन्न उत्पादनका २ सय ५० स्टल रहने छन्। सबै स्टल बुकिङ भैसकेको क्लबले जनाएको छ। महोत्सव अवलोकनका लागि साधारणतर्फ ८० र विद्यार्थीका लागि ६० रुपैयाँको टिकट व्यवस्था गरिएको छ।  ‘युवाको जाँगर, राष्ट्र निर्माणको आधार’ भन्ने मूलनाराका साथ अघि बढेको क्बलले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनलाई जोड दिँदै आएको छ।

युनाइटेड क्लब अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष राजु श्रेष्ठले स्वागत र प्रचार संयोजक शान्तकुमार थापाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width