पोखरा, २१ पुस। गण्डकी प्रदेशका सांसद राजीव पहारीले आफूले पाउँदै आएको तलबभत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन्। उनले साढे चार लाख रुपैयाँ बराबरको रकम कास्कीका विभिन्न सामुदायिक विद्यालयमा खर्च गरेको दाबी गरे ।
पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत यूरोगार्ड, विद्यालय पोशाक, सेनेटरी प्याड र विभिन्न आमा समूह, क्लब तथा सामाजिक संघसंस्थालाई आर्थिक सहायतामा खर्च गरेको उनले बताए।
प्रदेशसभाबाट २०७४ माघ ७ मा शपथ लिएसँगै चालु आवको मंसिर मसान्तसम्म प्रदेशसभा सचिवालयबाट तलबभत्तावापत उक्त रकम प्राप्त गरेका थिए।
कास्की निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट प्रत्यक्षमा निर्वाचित पहारीले आफ्नो सुविधावापतको रकम सामाजिक उत्तरदायित्वमा खर्च गरेको बताए। उनले कास्कीका विभिन्न विद्यालयलाई युरोगार्ड प्रदान गरेका छन्।
सरकारी विद्यालयमा आवश्यक पूर्वाधार भए पनि सफा पिउनेपानीको अभावमा विद्यार्थी बिरामी पर्ने अवस्था अन्त्यका लागि यूरोगार्ड प्रदान गरिएको उनले बताए। यसअघि पनि उनले कास्कीका विभिन्न स्थानका विपन्न समुदायका परिवारलाई आर्थिक सहायता प्रदान गर्दै आएका थिए।
सांसद पहारीले विकासका लागि निकै विलम्ब भएको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहको समन्वय आवाश्यक रहेको बताए।
फेवाताल संरक्षणप्रति निकै चिन्तित रहेको बताउने सांसद पहारीले आवश्यक पहल थालनीको अन्तिम तयारीमा रहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१