श्रीमतीलाई एसिड छर्किनेसहित चार पक्राउ

आदर्श समाज सम्वाददाता
पौष २०, २०७५

चितवन, १९ पुस  । आफ्नै श्रीमतीलाई एसिड प्रहार गर्नेसहित चार जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।

बुधबार साँझ पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान् पोखरा १ बस्ने वर्ष ४६ का वीरेन गुरूङ, उनका साथीहरु पोखरा १०, रामघाटका वर्ष २४ का विवेक गुरूङ, पोखरा १ बस्ने वर्ष ४५ का वीरेन्द्रमान गुरूङ र पोखरा १० बस्ने वर्ष ३९ का होम थापा छन्।

विवेकले पारीवारिक झगडाका कारण श्रीमतीलाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

भरतपुर २४ मा रहेको माइतीघर बसेकी २० वर्षीया डोल्मा रूम्बालाई एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए।

एसिड प्रहारबाट अनुहार र टाउकोमा असर पुगेको रूम्बाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको रेग्मीले बताए।

पोखराबाट ग१य ५४३ नम्बरको पर्यटकीय गाडीमा ४ जना युवासहित आएका वीरेनले युवतीको माइतीमा पुगी एसिड हानेको प्रवक्ता रेग्मीले बताए।

एसिड हानेर फरार रहेका चार जनालाई प्रहरीले घटना भएको एक घण्टाभित्र नारायणगढ, लायन्सचोकबाट नियन्त्रणमा लिएको हो।

घटना गराई भाग्न लागेको अवस्थामा सबैतिर घेराबन्दी गरी नियन्त्रणमा लिन सफल भएको रेग्मीले बताए।

पीडितका तर्फबाट विवेक गुरुङ र वीरेन गुरुङविरुद्ध किटानी जाहेरी परेपछि उनीहरुलाई अदालतबाट मिति थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

अन्य दुई जनाका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width