लायन्स क्लबको चार्टर हस्तान्तरण

आदर्श समाज सम्वाददाता
पौष १९, २०७५
charter

खैरेनीटार, १६ पुस। लायन्स क्लब अफ पोखरा वेगनास चौतारीद्वारा शुक्लागण्डकीमा आयोजित कार्यक्रममा लायन्स क्लब अफ तनहुँ खैरेनीटारलाई चार्टर हस्तान्तरण गरिएको छ ।

प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ बि १ का डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले समाजको हित हुने गरी सामाजिक सेवाका क्षेत्रमा कार्य गर्न अनुरोध गरे। उनले भने, ‘हामी खालि आएका हौं र खालि नै जानेछौं । त्यसैले आफूले कमाएको केही अंश र जीवनको केही समय सामाजिक सेवामा लगाउनु पर्छ । दिने कहिल्यै सकिएर जाँदैन ।’

लायन्स क्लब इन्टरनेसनल ३२५ वि १ नेपालका जोन चियरपर्सन सन्तोष घिमिरेले सामाजिक क्षेत्रमा सहयोग गरी आत्मसन्तुष्टि लिनुर्ने बताए। उनले सामूहिक रुपमा कार्य गर्दा ठूलो काम पनि सजिलै सम्पन्न गर्न सकिने जनाए।

कार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरी रामबहादुर बसेल, तीर्थलाल श्रेष्ठ, एनएलएफ डिपार्टमेन्ट चिफ विनोद ढुंगाना, लायन्स तनहुँ खैरेनीटारका अध्यक्ष समुद्रराम श्रेष्ठ लगायतले बोलेका थिए।

ध्वजाको वाचन लायन महेश्वर रिमालले गरेको कार्यक्रममा लायन्स तनहुँ खैरेनीटारका सम्पूर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै अतिथिलाई मायाको चिनो प्रदान गरिनुका साथै विविध नृत्यसमेत प्रस्तुत गरिएको थियो।

लायन्स पोखरा वेगनास चौतारी अध्यक्ष विधान गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स खैरेनीटारका प्रथम उपाध्यक्ष सुजित हिराचन र सञ्चालन लायन्स पोखरा वेगनास चौतारीका कोषाध्यक्ष सागर बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width