पोखरा, १६ पुस । नेपाल एग्रो माइक्रोफाइनान्सको साधारणसभाले वित्तीय संस्थाको नाम, ठेगाना र पुँजीको संरचनामा परिवर्तन गरेको छ । तेश्रो वार्षिक साधारणसभाले नेपाल एग्रो माइक्रोफाइनान्सको साविकको नामलाई नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र साविकको ठेगानालाई कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, विन्ध्यावासिनीमा हुनेगरी परिवर्तन गरेको वित्तीय संस्थाका अध्यक्ष रमेशकुमार कर्माचार्यले बताए ।
अध्यक्ष कर्माचार्यका अनुसार वित्तीय संस्थाको तत्काल जारी पूँजी ४ करोड ९७ लाख ७७ हजार ८ सय रुपैयाँ, जारी पूँजीको ३२.५ प्रतिशत साधारण शेयर सर्वसाधारणलाई विक्रिको लागि छुट्याएको र संस्थापक शेयरधनीको शेयर स्वामित्व जारी पुँजीको ६७.५ प्रतिशत हुने गरी परिवर्तन गरेको छ ।
नेपाल एग्रो लघुवित्तका प्रमुख कार्यकारी अधिकृतका अनुसार यस वित्तीय संस्थाले सल्यान, प्युठान, रोल्पा, पाल्पा, गुल्मी, पर्वत, वाग्लुङ, कास्की, तनहुँ र लम्जुङ गरी १० जिल्लामा रहेका २६ शाखाबाट १५ हजार ९ सय ७० महिलाहरुबीच वित्तीय कारोवार गरेर ४६ करोड ६० लाख रुपैयाँ लगानी रहेको हुनेगरी कर्जा प्रवाह गरेको, १४ करोड १४ लाख वचत संकलन गरेको छ ।
वित्तीय संस्थाले सर्वसाधारणलाई छुट्याएको शेयर विक्रिको प्रकृया शुरु गरिसकेको, वित्तीय संस्थाले सल्यानमा ३, प्युठानमा १, रोल्पामा १, पाल्पामा ३ र गुल्मीमा ४ शाखा गरी प्रदेश नंं. ५ अन्तरगत १२ शाखा सञ्चालन गरेको र गण्डकी प्रदेशमा १४ शाखा सञ्चालन गरेको प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए ।
नेपाल एग्रो लघुवित्तको दोश्रो वार्षिक साधारणसभाबाट मर्जरमा जानको लागि एक वा एक भन्दा बढि उपयुक्त बैंक, वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त बैंक, वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्घान्तिक श्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिन र अन्य आवश्यक थप कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिएको छ ।
अख्तियारी दिइएकाहरुमा सञ्चालकहरु विनिता कोइराला, पीएचडीको संयोजकत्वमा निलकण्ठ शर्मा लम्साल र सरिता अधिकारी सदस्य रहने गरी मर्जर वा प्राप्ति (एक्वीजिसन) समिति समेत गठन गरेको प्रमुख कार्यकारी अधिकृत लम्सालले बताए ।
सञ्चालक समितिका अध्यक्ष रमेशकुमार कर्माचार्यको अध्यक्षतामा भएको तेश्रो वार्षिक साधारणसभा कार्य संचालन विभाग प्रमुख नयन देवकोटाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१