हिमालयनको मुटु सचेतना

आदर्श समाज सम्वाददाता
पौष १६, २०७५
heart check up

पोखरा, १५ पुस। लायन्स क्लब अफ पोखरा हिमालयनको मुटु परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

क्लबका अध्यक्ष सुविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम मेधा कार्डियाक केयर सेन्टर नयाँ बजारको सहयोगमा सन्पन्न भएको हो। सो अवसरमा मुटु विशेषज्ञ डा.तेजबहादुर गुरुङले मुटु सम्बन्धि सचेतना भनाई राखेका थिए। उनले जाडो मौसमका कारणले मानिसले विशेष गरी मुटुलाई स्वस्थ्य राख्न विभिन्न तरीका अपनाउन पर्ने जानकारी दिए। कार्यक्रममा ४२ जनाले मुटु परीक्षण गरेका थिए भने, ३५ जनाले रगत परीक्षण तथा मेधा डेन्टल हाउस प्रा.लिबाट निःशुल्क ३५ जनाले दन्त पनि  परीक्षण गरेका थिए। कार्यक्रम क्लवका सचिव लक्ष्मीप्रसाद द्वाले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width