महोत्सवमा उत्पादक–उपभोक्ता भेट

आदर्श समाज सम्वाददाता
पौष ११, २०७५
lekhnath

लेखनाथ, १० पुस। १५ औं लेखनाथ महोत्सवका कारण उत्पादक र उपभोक्ताबीच सहज पहुँच बन्न पुगेको छ । जसबाट उत्पादित वस्तु बजारीकरणमा सहयोग पुग्दा महोत्सव नै व्यापारिक थलो बन्दै गएको महसुस गरिएको छ ।

गत पुस ५ देखि तालचोकमा जारी महोत्सवमा नूनदेखि ऊनसम्म, गाडीदेखि साडीसम्म सामग्री उपलब्ध गराइएको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

यस्तै, महोत्सवमा रमाइला कार्यक्रम पनि हेर्न पाइने र घर फर्कदा आफूलाई आवश्यक सामाग्री खरीद गर्न पाइने हँुदा दिनहुँ दर्शको भीड बढ्दो छ ।

प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले महोत्सवस्थलभित्र सबै प्रकारका सामग्री पाइने भएपछि दर्शक चाप समेत बढ्दै गएको बताउँदै मंगलबारमात्र २५ हजार दर्शकले अवलोकन गरेको जानकारी दिए ।

मंगलबारमात्र करिब २ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ । यस्तै हालसम्म करिब ८ करोड बराबरको आर्थिक कारोबार भइसकेको संघ कोषाध्यक्ष राजेन्द्र ओझाले दाबी गरे ।

महोत्सव पुस १६ सम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width