समाजसेवी गौतमलाई मातृशोक

आदर्श समाज सम्वाददाता
पौष ११, २०७५
late bhadrai gautam

हेमजा, ९ पुस। नेकपा माछापुच्छ्रे गाउँपालिकाका संयन्त्र सदस्य एवं समाजसेवी टेकनाथ गौतमलाई मातृशोक परेको छ । उनका ममतामयी माता भद्री गौतमको ८६ वर्षको उमेरमा आफ्नै निवास माछापुच्छ्रे गाउँपालिका–६, धिताल, भेँडावारीमा सोमबार बिहान निधन भएको हो ।

स्व. गौतनमा पाचनसम्बन्धी समस्या थियो। उनको सेतीमर्दी नदी संगममा सोमबार नै अन्त्येष्टि भयो । पार्थीव शरीरमा छोराहरु रामचन्द्र, टेकनाथ, डिल्लीराम र मुरारी गौतमले दागबत्ती दिएका थिए ।

स्व. गौतमको अन्त्येष्टिमा गण्डकी प्रदेश सदस्य रामजीप्रसाद बराल, माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी दवाडी, अन्य जनप्रतिनिधि एवं नेकपाका नेता कार्यकर्ताको सहभागिता थियो।स्व. गौतमका चार छोराबुहारी, ६ छोरी तथा ५० जनाभन्दा बढी नातिनातिना तथा पनातिपनातिना छन् ।

जेठा छोरा रामचन्द्र कपडा व्यवसायी, साहिँला डिल्लीराम शिक्षक तथा कान्छा मुरारी इञ्जिनियर हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width