विष्णु तिमिल्सिना फुटबल तयारी

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५

पोखरा, ५ पुस। विष्णुपादुका क्लब हेमजाको आयोजनामा पुस ७ देखि १४ सम्म दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

विष्णुपादुका फुटबल एकेडेमी सहयोगार्थमा हुने प्रतियोगिता सफल पार्न गठिन मूल आयोजक समिति र विभिन्न उपसमितिले तोकिएको जिम्मेवारी अन्तिम चरणमा पुर्‍याएको क्लब अध्यक्ष कृष्ण खड्काले जानकारी दिए।

‘विष्णु पादुका क्लबले गरेका हरेक गतिविधिमा यहाँहरुको सहयोग र साथ रहेको छ’, खड्काले भने, ‘यो प्रतियोगिता सफलबनाउन पनि सबैको साथको अपेक्षा गरेका छौं।’

विष्णुपादुका खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्नेछन् । विजेतालाई १ लाख ११ हजार १ सय ११ र उपविजेतालाई ५५ हजार ५ सय ५५ साथमा, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र दिइनेछ ।

त्यसैगरी अनुशासित टिमलाई १० हजार, सवोर्कृष्ट खेलाडीलाई ५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फरवार्डलाई जनही ३ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ। सेमिफाइनलमा पुग्ने टिमलाई १० हजार रुपैयाँ पुरस्कार छ।

क्लब सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मूलआयोजक समिति गठन गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिव ९ लाख २१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान क्लबले गरेको अर्थ संकलन उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width