हेमजा, २७ मंसिर। स्नो भ्यू बोर्डिङ स्कूल, हेमजाको २२ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह विहीवार शुरु भएको छ।
प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद रामजीप्रसाद बरालले कार्यक्रम उद्घाटन गर्दै विगतको शिक्षा नीति त्रुटिपूर्ण हुँदा अहिलेको पुस्ताले दुःख पाइरहेको चर्चा गरे।
सांसद बरालले अबको शिक्षा समाजवाद उन्मुख हुनुपर्ने तर्क गर्दै शिक्षालाई व्यवहारिक बनाउन आवश्यक रहेको पनि बताए।
कार्यक्रममा पोखरा महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिम्सिना, महानगरपालिका शिक्षा महाशाखाका विद्यालय निरीक्षक वसन्तराज पौडेल, स्रोतव्यक्ति भीमराज शर्मा पौडेल लगायतले गुणस्तरीय शिक्षामा जोड दिए।
कार्यक्रममा कक्षा युकेजी र एलकेजीको समूहले बालगीत, कक्षा १० का छात्राले नृत्य, कक्षा २ र ३ का छात्राहरुले नृत्य, कक्षा ९ का छात्रबाट गीत र कविता, ममता सुनारको समूह र होस्टल समूहको नृत्य, अश्विन बास्तोला तथा प्रशान्त पौडेलले कमेडी प्रस्तुत गरेका थिए। त्यस्तै शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फका विजयीलाई पुरस्कार वितरण गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक विष्णुदेवी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक पूर्णप्रसाद लामिछानेले स्वागत तथा संचालन शिक्षक छविराज पौडेलले गरेका थिए। कार्यक्रम २ दिनसम्म चल्नेछ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१