पिसजोनमा हाजिरीजवाफ

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७५
peace_Fotor

पोखरा, २५ मंसिर । पिसजोन एकेडेमीले अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा पहेंलो सदन प्रथम भयो। पहेंलो सदनबाट प्रनिशा अधिकारी कक्षा १०, सङ्गम क्षेत्री कक्षा १०, अभिप्शा केसी कक्षा ९ र सत्यम गिरी कक्षा ६ ले सहभागिता जनाएका थिए। यस्तै, कक्षा १० की पूजा पौडेल, अमन घिमिरे, कक्षा ९ की ग्रीष्मा तिम्सिना र कक्षा ७ की सदीक्षा लामिछाने रहेको रातो सदन द्वितीय भयो ।

विजर्यीलाई विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगन्द्र शर्मा दाहालले पुरस्कार प्रदान गर्दै यसप्रकारका अवसर विद्यार्थीले सधैँ सदुपयोग गर्नुपर्नेमा सुझाव दिए। विद्यालयले अन्य विद्यार्थीलाई पनि सक्रिय सहभागिता जनाइ पढाइसँगै सह-क्रियाकलापमा समेत प्रतिभाशाली बन्न सके जीवनमा सफल भइने उनले बताए ।

विद्यालय कार्यकारी प्राचार्य अश्मी शर्मा दाहालले सञ्चालन गरेको प्रतियोगितामा जेनेरल, बज्र, अडियो-भिजुअल, र्‍यापिड फायर राउण्ड गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width