काहुँ धरहरा महोत्सव तयारी अन्तिममा

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
kahun_Fotor

पोखरा, २४ मंसिर । ‘काहुँ दृश्यवलोकनको एक गन्तव्य’ मूलनाराका साथ हुने तेस्रो काहुँ धरहरा महोत्सव-२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ।

पोखरा ११, काहुँडाँडामा मंसिर २८ देखि पुस ८ सम्म हुने सो महोत्सव तयारीका लागि सोमबार बसेको सल्लाहकार समितिको बैठकमा सल्लाहकार समिति सदस्य प्रदेश सांसद मीना गुरुङले काहुँडाडा एक महत्वपूर्ण पर्यटक गन्तव्य भएको बताइन् ।

उनले महोत्सव काहुँबासीको मात्र नभई सम्पूर्ण महानगरबासीको र गण्डकी प्रदेशकै पहिचान हुने विश्वास व्यक्त गरिन् । महोत्सवमा सुरक्षा, यातायातलाई विशेष सतकताका साथ हेर्र्नुपर्ने उनले सुझाव दिइन् ।

सचिवालय संयोजक दीपकप्रकाश आचार्यले महोत्सव महोत्सवका लागि मात्र नभई पर्यटक प्रवद्धनलाई जोड दिने बताए । महोत्सवले काहुँडाडाको पहिचान र गण्डकी प्रदेशकै दार्जिलिङ बनाउन सकिने वडाध्यक्ष मोहनप्रसाद बास्तोला बताउँछन्।

महोत्सवमा कुल ८० स्टल रहने ८० प्रतिशत नै बुकिङ भैसकेको प्रचारप्रसार संयोजक दामोदार आचार्यले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width