सेन्ट्रल गार्डेनद्वारा बटुकलाई भोजन र स्टेशनरी

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५
central garden

पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनले संस्कृत माध्यमिक विद्यालय, बगरमा आवासीयरुपमा रहेका ६० जना बटुकलाई एक छाक भोजन र स्टेशनरी वितरण गरेको छ ।

क्लबका डाइरेक्टर सुब्बा घिमिरेका छोरा समीर घिमिरेको १२ औं जन्मोत्सव सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि क्लबका संस्थापक सचिव असफल गौतमले पछिल्लो समय जन्मदिन मनाउने नाममा अनावश्यक तडकभडकभन्दा समाजसेवामूलक कार्य गरेर मनाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

उनले पछिल्लो समय नेपाली शिक्षा प्रणालीमा संस्कृत र नैतिक शिक्षा अभावले देशमा अराजकता, हिंसाहत्या, बलात्कारजस्ता घटनाले प्रशय पाएकाले ती अराजकता अन्त्यका लागि संस्कृत विद्यालयले योगदान चिरस्मरणीय रहेको बताए ।

क्लबका डाइरेक्टर सुब्बा घिमिरेले क्लबमा आवद्ध भएपछि लायन्सको सेवा भावना आत्मसात गरेर छोराको जन्मदिनमा अनावश्यक खर्च व्यवस्थापन गरी विद्यार्थीसँग साक्षात्कार गर्न पाउँदा र त्यसले दिने आनन्द छुट्टै हुने बताए ।

क्लबका अध्यक्ष कृष्णबहादुर रानाभाटले क्लबले सामाजिक कार्य गर्दैआएको बताउँदै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा पोखरा आवाज दैनिकका सम्पादक अनुपप्रकाश पौडेल, विद्यालयका शिक्षक गोविन्द अधिकारी, विष्णुप्रसाद भण्डारी, आरुचौर पोखरा सर्म्पर्क समाजका अध्यक्ष गोविन्द सापकोटा लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width