पोखरा, २२ मंसिर । कैलाश विकास बंैक लिमिटेडले सुनसरीको धरान र कपिलवस्तुका ४ नम्बर जितपुरमा शाखा विस्तार गरेको छ ।
धरान शाखाको शुभारम्भ प्रदेश १ का अर्थिक मामला तथा योजना मत्री इन्द्रबहादुर आङ्वो र जितपुर शाखाको शुभारम्भ प्रदेश ५ का सांसद विष्णुप्रसाद पन्थीबाट गरिएको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए।
दुर्इ नयाँ शाखासहित बैंकको शाखा संख्या अब ७६ पुगेको छ । यस्तै एटिएम संख्या २८ पुगेको छ।
बैंकले चाँडै नै धनुषाको शखुवा महेन्द्रनगर, रौतहटको गौशाला, सिराहाको सिराहाबजार, पर्साको पोखरिया, सुनसरीका देवानगञ्ज लगायतमा शाखा संचालन गर्ने तयारी गरेको जनाएको छ।
राष्ट्रियस्तरको सो विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड रहेको छ। संस्थाले हालसम्म २४ अर्ब ५२ करोड निक्षेप संकलन गरी २२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको जनाएको छ।
बैंकले अत्यधुनिक प्रविधि उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाइल बैंकिङ, एसएमएस बैंकिङ इन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिट्यान्स सेवा लगायत सेवा प्रदान गर्दैआएको बैकका प्रमुख कार्याकारी अधिकृत श्रेष्ठले बताए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१