पोखरा वडा १९ को भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७५

पोखरा, २२ मंसिर । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुक्रवार पोखरा वडा १९ को भवन शिलान्यास गरेका छन् ।

लामाचौरको चौरमा रहेको महेन्द्र प्राविको जग्गामा अत्यधुनिक वडा कार्यालय निर्माण गर्न लागिएको हो। सो अवसरमा प्रमुख अतिथि जिसीले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन वडा कार्यालय व्यवस्थित हुनुपर्ने बताए। ‘जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको हो,’ जिसीले भने, ‘यो जनताकै भवन हो, भवन निर्माण गर्दा गुणस्तरमा सम्झौता गर्नुहुँदैन।’ भवन निर्माण गर्दा वडाबासीलाई निगरानी र अनुगमन गर्न उनले आग्रह गरे।

१५ महिनामा भवन निर्माण गरि सक्ने समय भएकाले त्योभन्दा अगाडि नै निर्माण गर्न ठेकेदार कम्पनीलाई जिसीले निदेशन समेत दिए। भवन निर्माणसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ वडाको ध्यान जानुपर्ने भनाइ उनको छ।

कार्यक्रममा वडाध्यक्ष शोभामोहन पौडेलले २ करोड ४२ लाखको लागतमा दुर्इतले अत्यधुनिक भवन निर्माण गर्न लागिएको बताए।

उनले वडा कार्यालयको निर्माणसँग विकासको पूर्वाधारलाई प्राथमिकता राखिएको बताए।

वडाध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडासदस्य कोपिला केसीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width