पोखरा, १२ मंसिर । पर्वत कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लि.ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख बराबरको मुनाफा आर्जन गरेको छ।
दश जिल्ला कार्यक्षेत्र रहेको संस्थाले हाल २१ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ। हाल यस वित्तीय संस्थाको अधिकृत पुँजी ३० करोड, जारी पुँजी १४ करोड रहेको छ भने चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए।
संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १२ हजार २ सय ४६ जना ग्राहक सदस्यबाट चालु आवको कात्तिक मसान्तसम्म १४ करोड ३६ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ७ हजार ३ सय ४७ जना सदस्यलाई १ अर्ब ४४ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
९५ करोड ८३ लाख १३ हजार रुपैयाँ असुली भई हाल ४८ करोड ६० लाख रुपैयाँ लगानीमा रहेको संस्थाले जनायो।
सो वित्तीय संस्थाले सर्वसाधारणका लागि ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दर्ता गरिसकेको जनायो ।
संस्थाको कार्यक्षेत्र हाल पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहुँ, लमजुङ, कास्की र गुल्मी हुन् । संस्थाले कार्यक्षेत्रभित्र शाखा विस्तार गरी हालसम्म २५ वटा शाखा कार्यालय पुर्याइसकेको छ। निकट भविष्यमै स्याङ्जा, पाल्पा, मकवानपुर, दाङ र चितवनमा विस्तार गर्ने योजना छ ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१