पोखरा, ८ मंसिर । नेपालकै शीर्ष वरियताप्राप्त खेलाडीहरु पुरुषतर्फ आरब हाडा र महिलातर्फ सलोनी तामाङ ट्रेर्कर्स इन यु-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसीप सर्किट-१ मा प्रथम भएका छन्।
पोखरा रंगशालामा भएको खेलमा आरबले अकि जुवेन रावतलाई ६-३, ६-१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे। त्यस्तै सलोनीले सभानी श्रेष्ठमाथि ६-२, ६-१ को सहज नतिजा निकाल्दै प्रथम भइन्।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्सतर्फ आरब हाडा प्रणव मानन्धरको जोडीले प्रथम स्थान हासिल गरेको थियो भने महिला डबल्सतर्फ सलोनी तामाङ र सुभांङ्गी लक्ष्मी शाहको जोडीले प्रथम स्थान हासिल गरेको थियो।
विजयी खेलाडीहरुलाई आयोजक संघका अध्यक्ष दोजे तामाङ, उपाध्यक्ष लोक गुरुङ, महासचिव नवीन चालिसे तथा खेलाडी विकास गुरुङ, प्रीति बराल, अभिभावक गौतम उदास, सरिता भट्टराई, नवीन श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे। यसैबीच, सोमबारदेखि सर्किट-२ का खेल शुरु हुने आयोजक संघले जनाएको छ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१