पोखरा, ३ मंसिर। कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि ट्रेर्कर्स इन यू-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसीप सर्किट १ र २ शुरु भएको छ।
उद्घाटन खेलमा सौगात खड्काले विजयी शुरुवात गरे। उनले सफल श्रेष्ठलाई ६-०, ६-३ को सोझो सेटमा हराउँदै जित हासिल गरेका हुन्। यस्तै, भारतका अचिन्ता बर्माले चिराग तिमिल्सिनामाथि ६-७, ६-४ र ६-२ को कठिन जित निकाले। इशान गुरुङले स्लोक कैसर खड्कालाई ६-४, ६-१, प्रितम परियारले निहाल जंगबहादुर थापालाई ६-१, ७-६, श्रेयास पौडेलले श्रीयोग अधिकारीलाई ६-३, ३-६ र ६-३ लेे पराजित गरे। राजवीर प्रधानले आयुष भारद्वाजलाई ६-०, ६-३, आयुष्मान अजुर घलेले सञ्जय पहारीलाई ६-०, ६-०, रक्षमविक्रम शाहले आयुष पहारीलाई ६-०, ६-३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए।
महिलातर्फ श्रीया भट्टराईले अद्या पौडेललाई ६-२, ६-२, इशाश्री शाहले सुनिरा थापालाई ६-२, ६-२ तथा शुभाङ्गी लक्ष्मी शाहले प्रकृति श्रेष्ठलाई ६-४, ६-३ ले हराइन् । यसअघि, राखेप बोर्ड सदस्य राजेेश गुरुङले प्रतियोगिता उद्घाटन गर्दै आफ्नो कार्यकालमा खेलाडीकै हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरे।आयोजक संघ अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष यामबहादुर गुरुङ, संघ कास्की उपाध्यक्ष नारायण पहारी र महासचिव नवीन चालिसेले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१