पोखरा, १ मंसिर । ‘कर : समृद्व नेपाल र सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ शनिवार सातौं राष्ट्रिय कर दिवस मनाइएको छ ।
कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय पोखराले शनिवारदेखि पोखरामा कर सप्ताह शुरु गरेको छ । कर सप्ताह अन्तर्गत शनिवार पोखरामा बाजागाजासहित प्रभातफेरी निकालिएको थियो ।
पोखरा साभागृहबाट शुरु भएको प्रभातफेरी सृजनाचोक, रत्नचोक हुदै आन्तरिक राजश्व कार्यालय पोखरामा पुगेर समापन भएको थियो । प्रभातफेरीमा राजश्व कार्यालयका कर्मचारी, उद्योगी, व्यवसायी, सुरक्षा निकायलगायतको सहभागिता थियो । प्रभातफेरीमा समृद्व राष्ट्र निर्माण हाम्रो संकल्प, समुन्नत नेपालका लागि कर साझा विकल्प, कर तिरौं, शान्ति र गौरवको अनुभुति गरौं, इमान्दार भई तिरौं कर, संघीय सफलताको पूर्वाधार लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
कर सप्ताह अन्तर्गत मंसिर २, ४ र ५ गते संचारमाध्यमसहित लेखापरिक्षक र व्यवसायीसँग छलफल, अन्तरक्रिया , ३ गते कर्मचारी, व्यवसायी र लेखा परिक्षकबीच व्याटमिन्टन प्रतियोगिता गरिने छ । त्यस्तै, ६ गते अन्तर कलेजस्तरीय कविता प्रतियोगिता र ७ गते कर सप्ताहको समापनसँगै कास्की र स्याङ्जाका एक/एक जना उत्कृष्ठ करदाता र कार्यालयका एक जना उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिने छ ।
प्रभातफेरी शुभारम्भ गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले करको दायरामा आउँनेलाई सरकारले उचित सेवा, सुविधा दिने बताए । तीनवटै सरकारले करलाई न्यायोचित, व्यवहारिक र सरल बनाउने उनको भनाई छ । उनले धेरै कर लगाएका मुलुकहरुमा सामाजिक सुरक्षा सुदृढ रहेको उल्लेख गरे ।
मुख्य मन्त्री गुरुङले सरकारले दोहोरो, तेहोरो कर लिएको भन्दै अनावश्यक अफवाह फैल्याइएको बताए । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारलाई तिरेको कर आफ्नै लागि हो भनेर बुझ्न र बुझाउन जरुरी भएको उल्लेख गरे । उनले जिल्ला प्रशासन कार्यालय कार्यालयबाट नागरिकता लिएर नेपाली नागरिक बनेपनि कर नतिर्नेहरु असल नागरिक बन्न नसक्ने बताए । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले व्यवस्थित कर प्रणालीको विकास हुन नसक्दा आशातित सफलता हासिल हुन नसकेको उल्लेख गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका गण्डकी प्रदेश अध्यक्ष संजिव कोइरालाले पनि बोलेका थिए । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रम कर अधिकृत जीवराज निरौलाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१