आदर्श महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७५

लेखनाथ, २८ कात्तिक। आदर्श युवा क्लबले कात्तिक ३० देखि मंसिर ९ गतेसम्म आयाजना गर्न लागेको प्रथम आदर्श महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।

पोखरा २९, भण्डारढीक खेल मैदानमा हुने महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको र अन्तिम तयारीमा जुटेको महोत्सव मूल संयोजक किसान गुरुङले जानकारी दिएका छन्।

कला, संस्कृति, संगीत र मनोरञ्जनको उत्सवको रुपमा लिएको महोत्समा निर्माण गरिएका २ सय ६८ वटा स्टलमध्ये करिव २ सय ५० स्टल बुकिङ भइसकेको क्लब अध्यक्ष तथा महोत्सवका निदेशक लक्ष्मीप्रसाद भण्डारीको भनाइ छ। क्लबद्वारा संचालन गरिने राष्ट्रियस्तरको फुटबल प्रतियोगितालाई निरन्तररुपमा संचालन गर्न तथा निर्माणाधीन रंगशाला संरक्षण एवं स्तरोन्नति गर्ने उद्देश्यले आर्थिक संकलन जुटाउन महोत्सव आयोजना गर्न लागिएको जनाइएको  छ ।

यस्तै, महोत्सव व्यवस्थित रुपमा संचालन गर्न गठित एक सय सदस्यीय मूलआयोजक समिति, २५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ३० वटा उपसमितिले तोकिएको जिम्मेवारी पूरा गरेको क्लब सचिव पदम गुरुङले जानकारी दिएका छन्। महोत्सवमा रत्यौली गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रियस्तरका कलाकारको लोकदोहोरी र साथमा आधुनिक पप कर्न्सट राखिएको छ । कृषकद्वारा उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी कृषिका स्टलहरुलाई निःशुल्क रुपमा राख्न पाउने व्यवस्था मिलाइएको छ।

महोत्सवको विशेष आकर्षणको रुपमा अष्ट्रिच अवलोकन, ऊँट सवार, धरहरा चढी महोत्सव अवलोकन, बालउद्यान रहेका छन्।

महोत्सव उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले गर्ने कार्यक्रम छ । पहिलो पटक हुन लागेको महोत्सवमा करिव ३ लाख दर्शकले अवलोकन गर्ने आयोजको अपेक्ष रहेको छ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width