देवघाटमा रामकथा महोत्सव आजदेखि

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७५
ram laxman sita

पोखरा, २४ कात्तिक। देवघाटमा श्रीमद्वाल्मिकीय रामायण रामकथा महोत्सव ज्ञान महायज्ञ आइतवारबाट शुरु हुँदैछ।

स्वामी विष्णु प्रपन्नाचार्यको शुभसंकल्पमा विश्व कल्याणार्थ वैदिक सनातन धर्मको उत्थान एवम् निष्काम् श्रीराम प्रचारका लागि उक्त महायज्ञ हुन लागेको हो। मंसिर ४ गतेसम्म आयोजना हुने उक्त महायज्ञमा विभिन्न अनुष्ठानसहित स्वामी विष्णु प्रपन्नाचार्यबाट प्रत्येक दिन श्रीमद्वाल्मिकीय रामायण रामकथामा आधारित दीव्य प्रवचन हुने जनाइएको छ।

शनिवार सामूहिक गण्डकी स्नान, भजनकीर्तनसहित शान्ति कलसद्वारा गण्डकी परिक्रमापछि मण्डप प्रवेश तथा पूर्वाङ्ग पूजन सम्पन्न भयो।

उक्त महायज्ञ सफल पार्न पोखरामा पनि सहयोग समिति गठन भएको छ। समिति अध्यक्षमा खिमलाल गौतम, उपाध्यक्ष वामदेव बस्ताकोटी, सचिव महेश पराजुली र कोषाध्यक्ष बाबुराम पौडेल रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width