पोखरा, २८ असोज। पोखरा-८ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वाषिर्क साधारण तथा चौथो अधिवेशनले गोकर्णबरुवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रेमशंकर बरुवाल, सचिवमा लोकबहादुर भण्डारी, कोषाध्यक्षमा ठाकुरप्रसाद सापकोटा, सह-सचिवमा गोपाल बहादुर घिमिरे र सदस्यमा इन्द्रबहादुर कार्की, बमबहादुर मल्ल, दलबहादुर जिसी, गोपाल श्रेष्ठ, आशा गुरुङ, मिनाकुमारी पुन छन् ।
टेकराज तिमिल्सिनाको संयोजकत्वमा गठित लेखा (सुपरपवेक्षण) समितिको सदस्यमा झलकनाथ शर्मा र चिरञ्जिवीकुमार श्रेष्ठ छन् ।
ऋण उपसमिति संयोजकमा इन्द्रबहादुर कार्की र सदस्यमा हर्कबहादुर भण्डारी, सूर्य पुन छन् भने शिक्षा समिति संयोजकमा चिरन्जिवी पौडेल र सदस्यमा कल्पना सापकोटा छन् ।
रामचन्द्र पौडेल संयोजक तथा क्षेत्रबहादुर खत्री र ठकराज बरुवाल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा पदाधिकारी एवं सदस्य चयन गरेको हो । साधारणसभा उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष सुदीप ढकालले सहकारी आर्थिक सम्वृद्धिको बाटो भएकोले उल्लेख गरे ।
परोपकार बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु बरालले सहकारीका लागि बनेको वर्तमान ऐन नियमका कारण सहकारीहरु सञ्चालनमा दुविधा रहेको बताए ।
त्यसअवसरमा ज्येष्ठ शेयर सदस्य कुल बहादुर बरुवाल, उत्कृष्ठ कारोवारी सदस्य मिनाकुमारी पुन, उत्कृष्ठ कर्मचारी अन्जु कार्की (दंगाल) र विद्यार्थी सुप्रिया भण्डारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष नर बहादुर कार्की, सल्लाहाकार रमेश पौडेल, शेयर सदस्य दुर्गाबहादुर घिमिरे र हेमकुमारी अधिकारीले बोलेका थिए ।
सहकारीका अध्यक्ष दल बहादुर जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा समितिका संयोजक डा.जगन्नाथ रेग्मीले स्वागत र सचिव प्रेमशंकर बरुवालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१