हेरालो प्रतिष्ठानद्वारा विद्यार्थीलाई छात्रवृत्ति

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
IMG_1582_Fotor

पोखरा, २७ असोज । हेरालो प्रतिष्ठान कास्कीको १७ औं साधारणसभा शनिवार पोखरामा भएको छ । विभिन्न सामाजिक अभियानमा सक्रिय प्रतिष्ठानले विद्यार्थीलाई छात्रवृत्ति वितरण सहित साधारणसभा गरेको हो । साधारणसभालाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले समाजसेवामा संस्थाको लगाव प्रशसंनीय भएको बताए ।

‘पछिल्लो समय खुलेका सामाजिक संघसंस्थाहरु कामभन्दा बढी प्रचारमा ब्यस्त छन् । फिल्डमा पुगेर आफ्नो लक्ष्य अनुसार काम गर्ने संस्था निकै कम छन्,’ प्रमुख अतिथि बास्तोलाले भने, ‘तर हेरालो फिल्डमै पुग्छ । पीडितहरुलाई सहयोग गर्छ । यो प्रशंसनीय काम हो ।’

साधारणसभा अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

एल एञ्जल स्कूलका फलबहादुर तामाङ, अमर तामाङ, माछापुच्छ्रे माविका प्रितम घले, विना गुरुङ, कृष्णबहादुर विक, सिर्जना आवासीय स्कूल सराङ्कोटकी प्रिया विक, रोजिना विक र गोगन माविकी चाहाना पुनलाई छात्रवृत्ति दिइएको हो । विना र चाहानालाई जनही आठ हजार र बाँकी विद्यार्थीलाई जनही ५ हजार दरले छात्रवृत्ति प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा समाजसेवी तथा तमु धिं युकेका सल्लाहकार डा चन्द्रबहादुर गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष भीमकाजी गुरुङ, माउण्ट अभोरा मन्टेसरी संचालक कञ्चन गुरुङ लगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यामबहादुर रानाभाट र उपाध्यक्ष चित्र गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्व अध्यक्ष नीरज थापाले संस्थाको प्रगतिबारे जानकारी गराएका थिए । सोही अवसरमा संस्थाका कोषाध्यक्ष इ. धनराज पुरीलाई उत्कृष्ट सदस्यको रुपमा सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width