तारकाङ पोखराको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
tarkang_Fotor

पोखरा, २७ असोज । तारकाङ पोखरा सम्पर्क समाजले दशैं, तिहार, छठ, नेपाल संवत्को अवसर पारेर  शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

समाजका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव नेत्र तिमिल्सिना र स्वागत गुरुप्रसाद सापकोटाले गरेका थिए।

कार्यक्रममा तारकाङ जन्मस्थान भई पोखरालाई कर्मथलो बनाएकाहरुको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा समाजसेवी बुद्धिसागर सापकोटा, गौरी सापकोटा, यमनाथ सापकोटा, टंकनाथ सापकोटा लगायतले आफ्नो कर्मस्थलो जता भएपनि जन्मभूमिलाई कहिल्यै भुल्न नहुने बताए। संस्थाका अध्यक्ष बलरामले आगामी दिनमा संस्थाले विविध सामाजिक कार्य योजनासमेत सुनाए।

Related News

सम्बन्धित समाचार

hero news full width