पोखरा, २४ असोज । कुमारी बैंक लिमिटेड र पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) बीच सेवामा सहुलियता दिनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी, बैंकका पोखरा शाखा प्रबन्धक सुदर्शनजंग राणा र युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले हस्ताक्षर गरेका छन्।
बैंकका सेवाग्राही, कर्मचारी, सेयरधनी र सञ्चालकले युआरएल हुने सबै प्रकारका रक्त परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन्। यो सम्झौता २ वर्षसम्म मान्य हुने बताइएको छ।
बैंकका पोखरा शाखा प्रबन्धक राणाले सेवाग्राहीलाई सुविधा दिन यस प्रकारको सम्झौता भएको बताए। देशभर कुमारीका ९० शाखा र करिब ३ लाख सेवाग्राही छन्।
युआरएललका प्रबन्ध निर्देशक पन्तले विभिन्न संघ-संस्थासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय सेवा दिन संस्था प्रतिवद्ध रहेको बताए। युआरएलले यसअघि २२ वटा संघ-संस्थासँग यस्तो सम्झौता गरिसकेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मैले गरेको प्रतिबद्धता पूरा गर्छु : सशांक कोइराला
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
संगम सहकारीको सम्मान
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१