‘वीपीको समाजवाद विस्तार गर्नुपर्छ’

आदर्श समाज सम्वाददाता
असाेज २४, २०७५

स्याङजा, २३ असोज । नेपाली काँगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले वीपीको समाजवादलाई विस्तार गर्नुपर्ने बताएका छन् ।

स्याङ्जाको चापाकोटमा मंगलबार आयोजित कार्यक्रममा उनले भने, मुलुकको विकास र समृद्धिका लागि वीपीको समाजवादलाई विस्तार गर्नुपर्ने आजको आवश्यकता हो ।”

महामन्त्री डा कोइरालाले पार्टीसभापति र प्रधानमन्त्रीको मोहभन्दा पनि आफूले समाज रुपान्तरणको कडी बन्न चाहेको उल्लेख गर्दै मुलुकलाई परिर्वतन गर्न समाज परिर्वतनको खाँचो रहेको बताए ।

काँग्रेसले जनताको माग र चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड दिदैं उनले अहिलेको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेकाले मुलुकमा अराजकता बढेको आरोप लगाए ।

महामन्त्री डा कोइरालाले काँग्रेस २००७ सालदेखि प्रजातन्त्रको लागि लड्दै आएको उल्लेख गर्दै पार्टीसंगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width