काँग्रेसको बिरौटा र घाचोकमा शोकसभा

आदर्श समाज सम्वाददाता
असाेज २३, २०७५
durga baral_Fotor

पोखरा, २२ असोज। नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य अम्बरबहादुर कार्की (अनिल) की ममतामयी माता कमलादेवी कार्की (तुलसा) को निधन भएको १३ औंं दिनको पुण्यतिथिमा सोमबार शोकसभा गरिएको छ।

काँग्रेस घाचोक इकाइ समितिले घाचोकमा आयोजना गरेको कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता, आफन्त, शुभेच्छुक सहभागी थिए।

कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले काँग्रेसलाई सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

काँग्रेस घाचोक सभापति कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको शोकसभामा पार्टीका जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सदस्य विजया रेग्मी, ओमप्रकाश गुरुङ, नेता बोधराज बराल, नेतृ टेकनशोभा गुरुङ र परिवारको तर्फबाट मौसम कार्कीले बोलेका थिए।

उता, काँग्रेस जिल्ला सदस्य नम्रता बरालका बुबा दुर्गा बरालको १३ औं दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न भएको छ।

काँग्रेस पोखरा महानगरपालिका वडा १७ इकाइले बिरौटामा गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य धनराज गुरुङले मानिस मरेर गए पनि जीवनकालमा गरेका योगदान जिवितै रहने भन्दै असल काम गर्नुपर्नेमा जोड दिए।

काँग्रेस नेता शुक्रराज शर्माले जनता र कार्यकर्ताको साथ नै काँग्रेसको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गरे।

शोकसभामा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, नेताहरु देवराज चालिसे, सोभियतबहादुर अधिकारी, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराई, प्रजातन्त्र सेनानी लिलाभक्त आचार्य, कास्की क्षेत्र ३ का सभापति विजयराज आचार्य, परिवारतर्फबाट रुद्रनाथ बरालले बोलेका थिए।

काँग्रेस पोखरा महानगरपालिका वडा १७ का सभापति देवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव डिआर भट्टराईले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width