महोत्सवमा ८० लाख संकलन

आदर्श समाज सम्वाददाता
असाेज १९, २०७५

हेमजा, १८ असोज। माछापुच्छे्र-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा जारी शैक्षिक एवं धार्मिक महोत्सवमा हालसम्म  ८० लाख रुपैयाँ बढी संकलन भएको छ । सातौं दिन विहीवारमात्र २५ लाख रुपैयाँ संकलन भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

विहीवार महोत्सव मूल समारोह समिति संयोजक समेत रहेका खोरामुखका ललितमान गुरुङले १ लाख १ हजार १ सय ५५, पोखरा भीमकालीपाटनका भूपू इन्स्पेक्टर पानबहादुर गुरुङले १ लाख ५ सय, पोखरा रिठ्ठेपानीकी लक्ष्मीकुमारी गुरुङले १ लाख ५ रुपैयाँ दान दिएका छन् ।

यस्तै, वडाध्यक्ष समेत रहेका कोलेलीका कृष्णप्रसाद दवाडीले ५५ हजार ५ सय ५५, हडौलेका भीमप्रसाद/प्रेमकुमारी गौतम (तुलादानसहित) ले ५५ हजार ५ सय ५५, कास्की आदर्श समाज दुर्वईले ५५ हजार ५ सय ५५, खोरामुखका इन्द्रमान गुरुङले ५१ हजार, खोरामुखका खिमलाल दाहालले ५१ हजार १ सय ११, ल्वाङका देवराज/डम्बरकुमारी गुरुङले ५१ हजार १ सय ११, खोरामुखका धनलक्ष्मी गुरुङ परिवारले ५० हजार १ सय ५, रिभानका श्रीध्वज गुरुङको चौरासी पूजा अवसरमा छोरा मिलन, गौतम, बुद्ध र तीर्थले ५१ हजार १ सय ५, लेकसाइडका इन्द्रमान/गौतम गुरुङले ५० हजार, लेखनाथकी बन्दीकुमारी गुरुङले ५० हजार १ सय ५, खोरामुखका कृष्णबहादुर गुरुङ -२ दिदीको तुलादानसमेत) ले ५० हजार ५ सय ५५, पोखरा १६ की शीरसुवा गुरुङले ५१ हजार, खोरामुखककी राजकुमारी/विष्णु बिकले ५१ हजार १, खोरामुखका हितमान गुरुङले ५० हजार १ सय ५१, पोखरा १६ सेतीमार्गका बमबहादुर गुरुङले ५१ हजार १ सय ५१ रुपैयाँ दान दिएको मूल समारोह समिति संयोजक ललितमान गुरुङले जानकारी दिए ।

माछापुच्छे्र ८ कोलेलीका आमा टोपली/छोरा टीकाराम गौतमले २२ हजार २ सय २२, बरालडाँडाका नन्दकुमारी गुरुङले २१ हजार, खोरामुखका भरतराज अधिकारीले ३१ हजार १ सय ५५, काठमाडौंको चोभार भक्तजन समूहले २० हजार १ सय ९१, हडौलेकी विष्णु देवकोटा खत्रीले २० हजार ५ सय, कोलेली आमा समूह तथा कोलेली समाजले संयुक्त ४० हजार ५ सय ५०, ल्वाङकी दिलसुवा गुरुङले २० हजार १ सय १५ रुपैयाँ दान दिए ।

महोत्सवमा ल्वाङ गाउँवासीले २४ हजार ७ सय ३५, वेशीटोलका टेकनाथ ढुंगाना (तुलादान समेत) ले २० हजार ५ सय ७५, गैरागाउँका पूर्णभद्र गौतमले २५ हजार २ सय २५, हडौलेका खिमलाल गौतमले २० हजार १ सय ५, खोरामुखकी कौशिला अधिकारी (तुलादानसमेत) ले २० हजार २ सय १०, पोखरा रिठ्ठेपानीका गिरमान सिंह/रामकुमारी गुरुङले २१ हजार ५, पोखरा नदीपुरका मे.यमबहादुर गौतम गुरुङले २१ हजार ५, पोखरा औद्योगिक क्षेत्रका क.चेतबहादुर/डीलु गुरुङले २१ हजार ५, पोखरा रिठ्ठेपानीका चीजा र कल्पना गुरुङले संयुक्त २५ हजार, पोखरा रिठ्ठेपानीकै मन्त्री गुरुङ परिवारले २५ हजार, लेखनाथकै हरिदेवी गरुङले २१ हजार ५, ल्वाङकी रामकुमारी गुरुङले २५ हजार ५ सय ५, खोरामुखकी विष्णुमाया गौतमले ३१ हजार ५१, गौंडामुखका होमबहादुर परियारले २५ हजार २५, काँग्रेस नेतृ सरस्वती गुरुङले २५ हजार ५ सय ५५, हडौलेका स्व. गिरीधारी पौडेल परिवारले ३१ हजार ५ सय ५५ रुपैयाँ सहित विभिन्न दानवीरले सहयोग गरेका छन् ।

महोत्सवमा प्रतिनिधिसभा सदस्य दुर्गाकुमारी बिकले सांसद विकास कोषबाट रकम निकासा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

पूर्व सभासद शारदा पौडेलले मानिसलाई धनसम्पत्तिले कहिल्यै नपुग्ने हुँदा मन फुकाएर सहयोग गर्न सुझाव दिइन् ।

काँग्रेस नेतृ सरस्वती गुरुङले विद्यालयको स्तरोन्नतिको लागि सरोकारवाला एक हुनुपर्नेमा जोड दिइन् । असोज २० सम्म चल्ने महोत्सवमा रात्रिकालीन भजन कीर्तनसमेत हुँदै आएको छ । वाल योगेश्वर महाराज श्रीले महोत्सवमा भागवत् कथा वाचन गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width