पाल्पा, १७ असोज। पाल्पाका दुर्इ विद्यालयमा मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भइरहेको छ।
रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ।
प्राविका शिक्षक र निजी शिक्षकका भरमा माविमा कक्षा सञ्चालन गर्नु परेको छ। मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरसँगै शिक्षकको पारिश्रमिक व्यवस्थापनमा समस्या भएको छ।
तल्ला तहका शिक्षकका भरमा माविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। दरबन्दी नभए पनि अनुदानका शिक्षकसमेत आकर्षक सुविधा नहुँदा आवदेन दिन रुचाउँदैनन्। अनुदानका शिक्षक करारका हुन्।
कालिका आधारभूत जोगीथुम र दुर्गा भवानी आधारभूत विद्यालय देउरालीमा शिक्षक दरबन्दी शून्य रहँदा प्रावि तहका शिक्षकका भरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ। भाष्कर माविमा एक निजी स्रोतका शिक्षक छन्।
उनको मासिक पारिश्रमिक २० हजार रहेको छ। मासिक सात/सात हजारमा निजी स्रोतबाट दुर्इ शिक्षक नियुक्त गरेपछि तलब कसरी जुटाउने भन्ने समस्या छ। पठनपाठन प्रभावित हुँदै आएको छ।
प्राविमा चार शिक्षकको दरबन्दी, आधारभूत तहमा दुर्इ र एक राहतका शिक्षक छन्। निजी स्रोतका शिक्षकलाई मासिक तलब खुवाउन समस्या भएको प्रधानाध्यापक रिखबहादुर खत्री बताउँछन्। गत आवमा गाउँपालिका र स्थानीय बासिन्दाको सहयोगमा नीजि स्रोतका शिक्षकलाई तलब खुवाइएको थियो। यस वर्ष स्थानीय बासिन्दाबाट पैसा सङ्कलन गरी तलब खुवाउनुपर्ने बाध्यता छ।
एक अनुदान शिक्षकका लागि कोटा पाए पनि विज्ञापनअनुसार कसैले पनि आवेदन नदिएको प्रअ खत्रीले बताए। “आवदेन नपरेपछि अहिले तेस्रो पटक विज्ञापन गर्नु परेको छ,” उनले भने। लक्ष्मी माविमा एक सय २५ विद्यार्थी अध्ययनरत छन्। पाँच निजी स्रोतका शिक्षक छन्। खर्च धान्न नसकेपछि तीन जनाको नवीकरण हुन सकेको छैन।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१