टेनिसमा भण्डारीद्वारा उपाधि रक्षा

आदर्श समाज सम्वाददाता
असाेज १७, २०७५
TENNIS

पोखरा, १६ असोज । साविक विजेता कमल भण्डारीले आइटिएफ सर्किट-४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथि एकलतर्फको उपाधि रक्षा गरेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा मंगलबार फाइनलमा भारतका दिलीप मोहन्तीलाई ६-४ र रिटायर्डर्हर्टमा भण्डारीले पराजित गर्दै आइटिएफ सर्किटमा ६० अंक समेत जोड्न सफल भए ।

उपविजेता मोहन्तीले ३५ वर्षमाथिको डबल्स इभेन्टमा भने प्रथम स्थान हासिल गर्दै पूरा ६० अंक बटुले । अभिनाश कुँवरको साझेदार जोडीमा उनीहरुले स्वर्णदीप सिंह र धरमबहादुर लामिछाने जोडीलाई ६-१ र ६-१ सोझो सेटमा पराजित गर्दै समान ६०/६० अंक जोडेका हुन् ।

५५ वर्षमाथि डबल्स उपाधि भारतका पवन जैन र नेपालका मनोजशमशेर राणाको पोल्टामा गएको छ । सो जोडीले भारतका अरुण अग्रवाल र मुर्थाती सुरेशको जोडीलाई ६-१, ६-२ सोझो सेटमा पराजित गरेका हुन् ।

४५ वर्षमाथि एकल उपाधिका लागि भारतका नारायण मूर्ती कोटयाला वेङ्कटेस र पोखराका अमृत कार्की भिड्ने भएका छन् । नारायणले धरमबहादुर लामिछानेलाई ६-३, ६-१ मा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । कार्कीले प्रताप मोक्तानलाई ६-२ र ७-६ (४) मा पराजित गर्दै मूर्तीसंगको भेट पक्का गरेका हुन् । उनको सो उपलब्धि झण्डै एक दशक लामो टेनिस इतिहासमै ठूलो हो ।

५५ वर्षमाथिको उपाधिका लागि कमल थापा र कृष्णराज घले आमनेसामने हुनेछन् । सेमिफाइनलमा घलेले पोखराका अनिल तुलाचनलाई ६-०, ६-० को सजिलो सेटमा पराजित गर्दै अन्तिम दुर्इमा स्थान बनाएका हुन् । यसअघि सोमबारको खेल जित्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापा उपाधि नजिक पुगेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width