पोखरा, ८ असोज। शीतलज्योति युवा क्लबद्वारा अमरसिंह माविको खेलमैदानमा जारी दोश्रो स्व. किरण खडका स्मृति सेभेन ए साइड फुटबल प्रतियोगितामा आदर्श युवा क्लब, काजीपोखरी, एलजी एशोसिएसन, एम-१२, मिलन टोल र चैट-चैट- चैट क्लब विजयी भएका छन्।
सोमबारको खेलमा आदर्शले विष्णुपादुकालाई ३-० गोलले पाखा लगायो। आदर्शको जितमा अर्जुन राना मगरले २ र सञ्जीव गुरुङले १ गोल गरे।
काजीपोखरीले भीमकाली युवा क्लबलाई २-१ गोलअन्तरमा पराजित गर्दा मिलन गुरुङ र कृष्ण गुरुङले १/१ गोलको योगदान दिए । भीमकालीबाट अविश गुरुङले गोल फर्काएका थिए। अको खेलमा एलजी एशोसिएसनले ढुंगेसाँघु एफसीलाई २-० ले पाखा लगाउँदा रमेश मगर र सुलेमान मगरले गोल गरे।
एम-१२ क्लबले चापापानीलाई २-१ गोलले हरायो । सञ्जय जलारी र अबिनाष तामाङले समान गोल गरे भने चापापानीका विधान कार्कीले गोल गरे।
यस्तै, मिलन टोलले आयोजकलाई इन्द्र दुराको १ मात्र गोलको योगदानमा १-० गोलअन्तरले पराजित गर्यो भने चैट-चैट- चैट क्लबले नेपाल मुस्लिमलाई ३-० गोलले हरायो । जितमा खेम गुरुङ, विश्व थापा र तोरण गुरुङले गोल गरे।
‘समाज निर्माण आजका युवा र खेलकुद’ उद्घोषका शनिबारदेखि शुरु प्रतियोगिता असोज १२ सम्म चल्नेछ । विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाका अध्यक्ष सन्तोष गुरुङले बताए।
उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक प्रदान गरिनेछ भने विधागत पुरस्कारमा जनही ५ हजार रुपैयाँ दिइनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजक माटेपानी-१२ हङकङ परिवार र माटेपानी यूथ एशोसियसन यूके हो ।
क्लबका पूर्व खेलाडी किरण खड्काको स्मृतिमा उनको परिवारजनबाट ५ लाखको अक्षयकोष स्थापना गरी हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१