कुँडहर समाजद्वारा दन्त शिविर

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७५
kundahar samaj

पोखरा, ४ असोज । कुँडहर समाजले कुँडहर आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर गरेको छ ।

कान्तिपूर डेण्टल हस्पिटल, न्यूरोडको प्राविधिक सहयोगमा आयोजित शिविरबाट २ सय ८९ जना लाभान्वित भएका छन् ।

हस्पिटलका डा अञ्जल जिसी नेतृत्वको प्राविधिक टोलीले शिविरमा सहयोग पुर्‍याएको थियो ।

शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा १० की वडा सदस्य निशा मल्ल ठकुरीले कुँडहर सेवा समाजले समाजको आवश्यकता अनुसारका गतिविधि संचालन गर्नु प्रशंसनीय भएको बताइन्।

कुँडहर समाजका अध्यक्ष शिवबहादुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दया बरालले स्वागत र सचिव शान्तबहादुर थापाले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width