रामभक्त जोजिजुको म्यूजिक भिडियोँ ‘मनको ढोका’ खोलियो

आदर्श समाज सम्वाददाता
असाेज १, २०७५
man ko dhola

पोखरा, ३१ भदौ । गायक तथा संगीतकार रामभक्त जोजिजुको म्यूजिक भिडियो ‘मनको ढोका’ विमोचन गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा विकास मन्त्री किरण गुरुङले सो म्यूजिक भिडियो विमोचन गरेका थिए ।

गुरुङले गण्डकी प्रदेश लोकसाहित्यको उर्वर भूमि भएको बताउँदै कला, साहित्य, संस्कृति र संगीत सभ्यताको प्रतीक भएको बताए।

कार्यक्रममा प्राज्ञ रमेश श्रेष्ठ, कलाकार मनकुमार श्रेष्ठ,  सुगम संगीत यात्राका अध्यक्ष अनुराग अधिकारी, नवराज बराल, रुपिन्द्र प्रभावीलगायतले बोलेका थिए।

जोजिजुको स्वर रहेको गीतमा जोजिजु र वर्षा राउतको अभियन रहेको छ।

जोजिजु इन्टरटेनमेन्टको प्रस्तुति रहेको उक्त भिडियोमा निकेश खड्काको निर्देशन, राजीव समरको कोरियोग्राफी, ज्ञानेन्द्र शर्माको छयाङ्कन, विकास धमलाको सम्पादन रहेको छ।

त्यस्तै, सुगम संगीत यात्राको ३८ औ श्रृङ्खला सोही समारोहबीच सम्पन्न भएको छ।

यात्रामा इतु जोजिजु, विनीत जोजिजु, शीतल थापा, मितु पाल, कौशल्या गुरुङ, देवीमाया गुरुङ, इशा कार्की, युनिक लामा, युकेश थापा, शिवानी गुरुङ, सत्यम् गुरुङ, निश्चल सुवेदीलगायतले आफ्नो प्रस्तुति राखेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width