फुटसल उपाधि पोखरा टेक्निसियनलाई

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७५

पोखरा, ३० भदौ।पोखरा इलेक्टोनिक्स व्यवसायी संघले शनिबार आयोजना गरेको कास्कीका मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीबीचको फुटसल प्रतियोगिता पोखरा टेक्निसियनको टिमले उपाधि हासिल गरेको छ।

जम्मा ११ समूह सहभागी भएको उक्त प्रतियोगितामा पोखरा मोबाइल टावर उपविजेता हुन सफल भयो। विजेता र उपविजेताले क्रमशः २५ हजार र १५ हजार प्राप्त गरे।

प्रतियोगितामा राजेश गुरुङ, म्यान अफ द सिरिज र वासु शेर्पा हाइ स्कोरर हुन सफल भए। उनीहरुलाई जनही २ हजार प्रदान गरियो ।

यसैगरी, उत्कृष्ट गोलकिपर भने बेल गुरुङ घोषित भएर मोबाइल हात पार्न सफल भए। कार्यक्रमको सांसद बिन्दुकुमार थापाले उद्घाटन गर्दै व्यवसायीबीच हुने यस प्रतियोगिताले आपसी मेलमिलाप र  भाइचारा मजबुत हुने धारणा व्यक्त गरे।

संघका अध्यक्ष उदय केसी ‘लाहुरेबा’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नवीन बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै