कराँतेको गृष्मकालिन शिविर

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७५

पोखरा, २३ भदौ। नेपाल फुल कन्ट्याक्ट कराते महासंघद्वारा आयोजित गृष्मकालीन प्रशिक्षण शिविर सम्पन्न भएको छ। यसखालको शिविर वर्षमा २ पटक आयोजना गरिन्छ ।

तीन दिनसम्म चलेको शिविरमा देशभरका १४ वटा संघमा आवद्ध १ सय ५० जना खेलाडीको सहभागिता थियो।

सोही प्रशिक्षण शिविरमा निर्णायकका लागि रेफ्रि सेमीनार समेत सञ्चालन गरिएको थियो। प्रशिक्षण समापनमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा विकास गर्न आफूहरु दृढ रहेको बताए।

उनले केही खेललाई पदक आउने गरी महानगरले लगानी गर्ने वातावरण बनाउनेतर्फ सोच बनाएको बताए।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कावा अध्यक्ष सम्पन्न श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि खोलिएका संघहरुका कारण खेलाडीको भविष्य संकटमा परेको टिप्पणी गरे ।

महासंघका अध्यक्ष दमन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य अशोककुमार श्रेष्ठ लगायत बोलेका थिए।

सो अवसरमा वरिष्ठ प्रशिक्षक शिव गुरुङ र महिला खेलाडी सीता राई तथा अन्य खेलाडीले प्रशिक्षणमा सिकेको सीप प्रदर्शन समेत गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width