लायन्स क्लबका पदाधिकारीको पदस्थापना

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७५
lions waling

स्याङ्जा, २१ भदौ। लायन्स क्लब अफ डिस्ट्रिक ३२५ बी वानअन्तर्गत स्याङ्जा, वालिङ र गल्याङ सिटीको अध्यक्षमा क्रमशः श्रीराम पोखरेल रामचन्द्र, वालिङ सिटीमा विष्णु सुवेदी गैरे र गल्याङ सिटीमा दुर्गा भण्डारीलाई पदस्थापना गरिएको छ ।

स्याङ्जा सदरमुकाममा विहीवार आयोजित सातौं पदस्थापन समारोहमा उनीहरुको पदस्थापन गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सेवा नै धर्म भएकाले सहयोगी हात र मन मिलाउँदै समाजसेवामा लाग्न सबै लायनकर्मीलाई आग्रह गरे।

कार्यक्रममा लायन्स क्लबका बालकृष्ण बुर्लाकोटी, धु्रवबहादुर थापा, मानबहादुर रोका, युक्तप्रसाद श्रेष्ठ, लीला भट्टराई, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, नेपाली काँग्रेसका सचिव कुमार राना, महिला संघका केन्द्रीय उपाध्यक्ष एवं वालिङ सिटीका पूर्व अध्यक्ष सरस्वती तिवारी, उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ सुवर्ण च्याम्बर अफ कमर्शका अध्यक्ष निर्मला लम्साल, रेडक्रसका मन्त्री दिनेश अर्याल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए। लायन्स क्लब अफ स्याङ्जाका अध्यक्ष भवानी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झण्डाको अभिवादन वालिङ सिटी अध्यक्ष विष्णु गैरे, धन्यवाद वालिङ सिटीका पूर्व अध्यक्ष चेतनारायण श्रेष्ठ र संचालन स्याङ्जाका सचिव धु्रवबन्धु पौडेलले गरेेका थिए।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width