छोरेपाटन विद्यालयमा रेग्मी

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७५
chhorepatan news

पोखरा, १२ भदौ। छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा झपिन्द्रराज रेग्मी चयन भएका छन्।

समितिको हालै बसेको भेलाले रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

पोखरा महानगरपालिका शिक्षा नियमावली, २०७४ अनुसार अभिभावकमध्येबाट १ जना महिला सहित ३ जना सदस्य चयन भएका छन्। सदस्यमा लोकमाया दर्जी, बाबुराम लामिछाने र कमलकान्त उपाध्याय छन्। विद्यालय निरीक्षक बसुन्धरा थापाको संयोजकत्वमा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी स्रोत व्यक्ति टोलप्रसाद अर्याल र प्रधानाध्यापक लक्ष्मण थापा सदस्य रहेको छनोट सहयोग समितिले सदस्य चयनमा मद्दत गरेका थिए।

वडाध्यक्ष तीर्थराज अधिकारी, वडा प्रतिनिधि पदेनसदस्य र प्रअ लक्ष्मण थापा सदस्यसचिव छन्।

विद्यालय निरीक्षक बसुन्धरा थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन सहायक प्रअ डिल्लीराम शर्मा र शिक्षा ऐन नियमावलीसम्बन्धी जानकारी प्रअ लक्ष्मण थापाले दिए।

Related News

सम्बन्धित समाचार

hero news full width