पोखरा, ९ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्थाको सातौं साधारण सभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भयो।
साधारण सभा उद्घाटन समारोहमा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकारीमा वित्तीय अनुशासन ठूलो कुरो हो भन्दै यसमा सचेत रहन सुझाव दिए। सहकारीमैत्री कानून निर्माणमा स्थानीय तह लागिपरेको र आगामी दिनमा सहकारीलाई ऐनकानुन अनुकूल लैजानुपर्ने उनको भनाइ थियो। मुलुकभर हाल ३३ हजार सहकारीमध्ये आधाजसो बचत तथा ऋण सहकारी रहेको जानकारी दिँदै तिवारीले सहकारीमा हाल ६० लाख मानिस आबद्ध रहेको बताए।
धादिङका जिल्ला न्यायाधीवक्ता योगनाथ ढकालले कानूनको घेराबाट बाहिर जान नहुने र उत्कृष्ट काम गर्दै जान सहकारीलाई सुझाव दिए।
कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष भेषराज बरालले सहकारीको समसामयिक अवस्थाबारे जानकारी दिए।
कार्यक्रममा सेयर सदस्य समेत रहेका पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेल,
गुप्तेश्वर गुफा व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद बराल, मुक्तिनाथ विकास बैंक छोरेपाटन शाखा प्रबन्धक शकुन्तला बराल, लुम्बिनी विकास बैंक छोरेपाटन शाखा प्रबन्धक रामचन्द्र बराल, इन्द्रेणी सहकारीका अध्यक्ष सागर अधिकारी, गुप्तेश्वर महिला बचत सहकारीका अध्यक्ष सीता बराल, बिरौटा बचत सहकारीका अध्यक्ष राजेन्द्रबहादुर गुरुङ, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाका वरिष्ठ सहायक नवप्रसाद ढकाल, सेयर सदस्य युवराज लामिछाने युवक, सेयर सदस्य दीपकप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सहकारीको उत्कृष्ट कारोबारीको रुपमा शिवराज पौडेल, रविलाल पहारी, भरतप्रसाद पोखरेल, तिलबहादुर शाही, लक्ष्मीप्रसाद बराल र धनमाया खत्रीलाई सम्मान गरियो।
यस्तै, सेयर सदस्यको छोराछोरीमध्ये विभिन्न तहमा उत्कृष्ट हुनेमध्ये प्लस टुतर्फ सविता सुवेदी, स्नातकतर्फ अस्मिता पहारी, स्नातकोत्तरतर्फ काजोल लिम्बुलाई पुरस्कृत गरियो।
सहकारी अध्यक्ष राजन अधिकारी, लेखा समिति संयोजक तेजप्रसाद ढकाल, कोषाध्यक्ष श्यामकुमार श्रेष्ठ र संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीले कार्यपत्र पेस गरेका थिए ।
सहकारी अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भीष्मजी कार्की र संचालन सचिव राजेन्द्रबहादुर थापाले गरेका थिए। सहकारीको सात सिद्धान्त वाचन शिक्षा उपपसमिति संयोजक शर्मिला बरालले वाचन गरेकी थिइन् ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कास्की सचिव ज्ञानेश्वर सुवेदीले गायन तथा सहकारी कर्मचारी मनिता राई र भगवती केसीले नृत्य प्रस्तुत गरेका थिए।
संस्थाको पुँजी ४ करोड ८ लाख ९३ हजार, कर्जा लगानी १७ करोड ४२ लाख र बचत १२ करोड ४८ लाख रुपैयाँ रहेको सहकारीका प्रबन्धक यज्ञप्रसाद भण्डारीले जानकारी दिए।
पोखरा-१७, डेभिड फलस्थित सो सहकारीमा ५ सय ११ महिला र ५ सय १७ जना पुरुष सेयर सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१