‘भए परदेशी’ म्यूजिक भिडियो सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७५
music

लेखनाथ, ७ भदौ। गीत तथा संगीत क्षेत्रमा लामो समयदेखि क्रियाशील पोखराका चन्द्रज्योति ढंुगानाको निर्देशनमा जहिलेदेखि भएँ म प्रदेशी म्यूजिक भिडियो सार्वजनिक भएको छ।

परदेशमा रहेका हरेक नेपालीहरुको भावना तथा कथाव्यथा गीत माध्यमबाट परदेशीको पीडालाई मार्मिक रुपमा प्रस्तुत गरिएको म्यूजिक भिडियोमा नेपाल आइडलका प्रताप दासले स्वर दिएका छन् । जसमा नायक दीपक ढकाल, स्रि्रन त्रिपाठी र मनोज पौडेलको अभिनय छ ।

अघौ अर्चलेमा छायांकन गरिएको भिडियोको निर्देशन चन्द्रज्योतिको रहेको छ । गीतको शब्द र संगीत स्वयं चन्द्रज्योतिको रहेको छ ।’लेकसाइड’ चलचित्रबाट चर्चामा आएका उनले पछिल्लो समयमा नेपाली परिवेश र संस्कृति अनुसारका गीत तथा चलचित्र बजारमा ल्याउने सोचमा रहेको सुनाउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width