क्रिकेटमा उत्कृष्ट गरेकोमा राष्ट्रपतिद्वारा खुशी व्यक्त

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७५
cricket

काठमाडौँ, २९ साउन। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएकी छन् ।

राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा मंगलबार शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले बिर्सिएर राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकुद प्रदर्शन गर्न खेलाडीजगत्लाई सम्मान गर्न सरकारलाई सुझाव दिइन्। “सन् २०१८ मा  जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनी गरेकामा व्यक्तिगत रुपमा म र नेपाली जनता हषिर्त छौँ”, राष्ट्रपति भण्डारीले भनिन्। राष्ट्रपति भण्डारीले जीवनको कुनै पर्वाह नगरी राष्ट्र र नेपाली झण्डालाई उच्च राख्न गरेको क्रिकेट खेलाडीको प्रयत्न्ाले विश्वमा नेपालको नाम चम्किदै गएको उल्लेख गर्दै खेलाडीको इमान्दारीले राष्ट्रको इज्ज्ात र गौरव उच्च हुने हुँदा त्यसतर्फ लगनशील भई अगाडि बढ्न आग्रह गरिन् ।

सन् २०१८ अगष्टमा जिम्वावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिता -आइसिसी) मा नेपाली क्रिकेट टोलीलाई एकदिवसीय मान्यता प्राप्त भएको थियो। सो छनोट प्रतियोगितामा एक दिवसीय खेलमा नेदरल्याण्ड्ससँग एक खेल जीतसँगै बराबरी गरी क्रिकेट टोली नेपाल फर्किसकेको छ।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय दौड सफल पार्ने पुम्दीभुम्दीवासीको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पाेखरा । प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका…
  • विश्वकर्मा कप भलिबल सुरु

    आदर्श समाज सम्वाददाता असाेज २, २०८१
    पोखरा । विश्वकर्मा समाज नेपाल आयोजनामा पोखरा २९, भण्डारढिक खेल मैदानमा आठौं संस्करणको अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र ३०, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट परशुराम शर्मा सम्मानित भएका छन् । लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील रही…

hero news full width