शैक्षिक गुणस्तरबारे शिवालयमा अन्तक्रिर्या

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७५
shivalaya

पोखरा, २२ साउन । रुपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविमा शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच अन्तक्रिर्या भएको छ।

आधारभूत र माध्यमिक तहका छुट्टाछुट्टै दुर्इ चरणमा भएको अन्तर्क्रियामा विद्यालयको शैक्षिक गुणस्तर उकास्न आवश्यक पहलबारे छलफल भएको थियो।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयलाई शैक्षिक उन्नति र प्रतिभा प्रस्फुटनको केन्द्रका रुपमा विकास गर्न विद्यालय प्रशासन लागिपरेको बताए। विद्यालय भनेको किताब पढाउने थलो मात्र नभएको भन्दै उनले विद्यार्थीमा अन्तर्निहीत प्रतिभा उजागर गर्न अभिभावकको सकारात्मक साथ आवश्यक पर्नेमा जोड दिए । समयसापेक्ष शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन विद्यालयले पहल गरेको उनले बताए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलबहादुर थापाले विद्यालय, शिक्षक र विद्यार्थीको हितका लागि व्यवस्थापन समिति जुनसुकै कदम चाल्न तयार रहेको भनाइ राखे।

कार्यक्रममा अभिभावक लक्ष्मी अधिकारी, अप्सरा आले, दीपा सुर्खाली, कौशिला नेपाली, मोनिका सुनार, गीता ओझा, दीपक ओझा, रमादेवी ओझा, अनिता ओझा, सीता ओझा, रमा ओझा, भागीरथी ओझा, भुलबहादुर घताने, सुमित्रा सुवेदी, विष्णु सुवेदी,  बमबहादुर आले, राजबहादुर आले, कृष्णबहादुर आले, सुनील गुरुङ, हिमलाल ढुङ्गाना, शान्ता तिमल्सेना, दिलममाया परियार, मनकुमारी राना मगरलगायतले विद्यालयलाई सुझाव दिनुभएको थियो। अभिभावकले विद्यालयमा आएका परिवर्तनप्रति खुसी व्यक्त गर्दै अझै सुधार गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विषयगत रुपमा उठेका प्रश्नको जवाफ शिक्षक रामबहादुर माल, ऋषिराम ओझा, कृष्णा सुवेदी, किशोर भुजेल, होमनाथ सुवेदी, बिना तिमल्सेना, जयराम सुवेदी, हरिप्रसाद सापकोटा, धनबहादुर गुरुङ, शर्मीला ओझा लगायतले दिएका थिए ।

चरणबद्ध रुपमा अभिभावकसँग अन्तक्रिर्या गरेर अघि बढ्ने सोचअनुसार नियमित रुपमा भेटघाट गरिने विद्यालयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width