सूर्य ग्रहको तागत कति होला – स्वभावतः मनमा जिज्ञासा उठ्नु कुनै नौलो कुरो होइन। जिज्ञासाले खोजी गराउँछ। सूर्यको तागत वा महत्त्वको बारेमा वनस्पतिशास्त्र, प्राणीशास्त्र, ज्योतिषशास्त्र आदि ग्रहमा त छँदै छ, तर यस बाहेक वेद, आयुर्वेद आदि जस्ता ग्रन्थहरुमा सूर्य शक्तिको बारेमा धेरै चर्चा छ। सूर्य मात्र होइन प्रकृति रहेका समस्त सजीव र निर्जीवका भिन्नभिन्न प्रकारका शक्ति हुन्छन्। सबैको शक्ति एउटै प्रकारले दाँज्न सकिन्न। तातोपन, उज्यालो-अँध्यारोको गुण सूर्यनिहित बल अर्थात् शक्ति हुन्। वर्षा गराउने, बादल गराउने, खेतीपाती अनुकूल गराउने वा मरुभूमि गराउने जस्ता गभ्भीर विषय पनि सूर्यसितै केन्द्रित छ। स्थान अनुसार सूर्यको ताप फरकफरक हुन्छ, जस्तो कि भूमध्यरेखा र धु्रुवीय क्षेत्रमा स्थानको अवस्थितिका कारण फरक प्रकारको हावापानी हुन्छ।
सूर्यको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यसको प्रभाव र शक्ति अपरिमेय छ। अझ भन्ने हो भने सूर्य बिना सृष्टि नै सम्भव छैन। यतिसम्म कि अध्यात्मवादीहरुले सूर्यलाई शक्तिपुञ्जको रुपमा भगवान मानिरहेका छन् भने भौतिकवादीहरुले प्रकाश र तापको स्रोत मान्दै आएका छन्।ब्रमाण्डभर प्रकाश परावर्तन गरेर चन्द्रमा मार्फत् उज्यालो छर्ने ग्रह यही सूर्य हो। रोग भगाउने, फलफूल पकाउने, समुद्र तताउने, काष्ठादि गलाउने, बत्ती -सोलार) जलाउने, बोटबिरुवामा खाना बनाउने, किटाणु नास गराउने, हड्डी मजबुत पार्ने आदि देखि लिएर दिन, महिना हुँदै ऋतु परिवर्तन गराइ पृथ्वीलाई जीवित राख्ने सूर्य नै हो।
खगोलमा देखिने एक खरब ताराहरु मध्येको सूर्य एउटा मध्यम आकारको तारा हो। अन्य ताराको तुलनामा यो ज्यादै नजिक भएकोले ठूलो र चम्किलो देखिन्छ। पृथ्वीबाट यो १४ करोड,९६,लाख किलोमिटर -८.२३ प्रकाश मिनेट) को औसत दूरीमा छ। यसको दैनिक र वाषिर्क -२२१ किमी प्रति सेकेण्ड) दुवै प्रकारको गति छ। सबै ग्रहहरुले सूर्यलाई परिक्रमा गर्दछन्। पृथ्वी सूर्यकै खण्डित टुक्रा हो। ग्रहहरुमध्ये सूर्यलाई सर्व शक्तिमान मानिन्छ। यही ग्रहबाट अन्य ग्रह अस्तित्वमा आएका हुन्। प्रत्यक्ष अनुभव गरिने उज्यालो अँध्यारोसित मात्र सम्बन्ध राख्दैन। ज्योति दिने विद्याको प्रादुर्भाव नै यसै ग्रहबाट भएको हो। यसलाई ज्योतिषशास्त्र भनिन्छ।
खगोल विज्ञानमा आकाशीय पिण्डमध्ये यसको उर्जा अथाह भएको विभिन्न अनुसन्धानबाटै जान्न सकिन्छ। एकदमै पर रहेर पनि सारा ससारभर यसकै ताप र प्रकाश व्याप्त छ। हाम्रा जन्म अघिदेखि निरन्तर रुपले ताप र प्रकाश पाइरहेको कारण हाम्रा गतिविधि र जीवन सम्भव हुँदै आइरहेको छ। नेवारी संस्कृतिमा गुफाबाट बाहिर निकाल्ने, सूर्य दर्शन गर्ने परम्परा पनि रहेको छ। विशाल ब्रमाण्डमा अनगिन्ती ताराहरु, ग्रहहरु रहेका छन्। एकआपसी शक्तिबाट यिनीहरु व्रमाण्डमै अडेका छन्। शून्य स्थानमा अड्ने यो शक्तिलाई गुरुत्वाकर्षकण भनिन्छ। आपसी अन्तरनिर्भरतामा जुनसुकै ग्रहहरु अन्तरिक्षमा रहेका छन् र आफ्नो प्रभाव देखाउदै आएका छन्। त्यसरी नै हरेक आकाशीय पिण्डमा फरकफरक उर्जा हुन्छ। यिनीहरुले आफ्नै प्रकारका विकिरण फालिरहेका हुन्छन्। भौतिकशास्त्रमा यो विकिरणको उपादेयता असीमित छन्। यसमा रोग निवारण गुण सामर्थ्थ छन्। शरीर बाहृ्यदेखिको चर्मरोगदेखि जण्डिस र हाडहरुको मजबुत बनाउन यसको भूमिका अत्यन्तै छ। बिहानी घाममा हाडलाई आवश्यक पर्ने भिटामिन डिको स्रोत सूर्य ग्रहबाटै प्राप्त हुन्छ।
सूर्य र चन्दमा अत्यन्तै शक्तियुक्त ग्रह हुन्। दिनको बल सूर्यमा छ भने रातको बल चन्द्रमामा। मनलाई प्रफुल्लित बनाउने, ज्वाराभाटा उठाउने, मनलाई परिवर्तन गराउने जस्ता गुण चन्द्र ग्रहमा रहेको छ। हरेक ग्रहहरु ब्रमाण्डमा आफ्नै गति अनुसार चलयामान छन्। चन्द्रमा गति अन्य ग्रहहरुको भन्दा अल्लि धेरै भएको हुँदा मनलाई प्रभावित पार्दछ भन्ने ज्योतिषीय मान्यता छ। बाहृय जगतको अवस्था अनुसार विचारमा परिवर्तन आउनु यसैको परिणाम हो। हरियाली र उराठ ठाउँमा हाम्रा मन बदलिन्छ। रमाइलो हुनु वा नुहनु, मनको अनुभूति चन्द्र ग्रहमा रहेको छ।
ग्रहका शक्तिका बारेमा ज्योतिषशास्त्रको शास्त्रको फलित खण्डले सूर्यलाई पिताकारक ग्रह मान्दछ भने चन्द्र ग्रहलाई माताकारक ग्रह। सम्पूर्ण जीवजीवात्मा, वनस्पतिका उत्पत्ति सूर्य ग्रहकै कारणले हुन्छ। सूर्य तापको स्रोत हो, चन्द्रमा शीतलताको। रातमा चन्द्रमाको प्रभाव रहन्छ भने दिनमा सूर्यको। यी ग्रह बाहेक ब्रमाण्डका अन्य मंगल, बुध, गुरु, शुक्र, शनि आदि ग्रहका पनि आआफ्नै विशेषता छन्। ऋषिमुनिहरुले ग्रहका चाललाई अध्ययन गरेर जन्मको आधारमा व्यक्तिको दिनचर्या फरक ढंगले बित्दछ भनेर सिद्धान्त नै बनाएका छन्।
ज्योतिषशास्त्र अनुसार हरेक ग्रहको आफ्नै स्वभाव र प्रभाव हुन्छ। सूर्य ग्रहलाई पाप सज्ञक क्रूर, अग्नि प्रकृति अत्यन्त तातो, रातो रगयुक्त ग्रहको रुपमा लिइन्छ। पूर्व दिशाको स्वामी, पुरुष जाति, रक्त वर्णर पित्त प्रकृतिको स्वभाव यसमा छ। स्नायु, मेरुदण्ड, नेत्र, हृदय आदि शरीरका अग उपर यो ग्रहको विशेष प्रभाव मानिन्छ। सूर्य ग्रह कमजोर हुनेहरुका जुनजुन अगहरु यससित सम्बन्धित छन्, तिनै ग्रहहरु निर्वलियोपना देखा पर्दछ। आत्म कमजोरी पनि यसै ग्रहबाट हेरिन्छ। व्यवहारिक रुपबाट हेर्ने हो भने जेठ, असार, कार्तिक, माघ र फागुन महिनामा जन्मेका व्यक्तिले झट्ट कुनै पनि कुराको निर्ण गर्न सक्दैनन्, कारण उनीहरुको आत्मकमजोर हुन्छ। मान, अपमान, जागिरको स्वभाव, शोक, कलझगडा जस्ता जीवनमा भोगिरहनुपर्ने अवस्था सूर्य ग्रहकै कारण हो, ज्योतिषीहरु यसमा एक मत छन्।
विभिन्न रोगसित लड्न सक्ने क्षमता प्रदान गर्न सक्ने आरोग्यता, अतिसार, क्षयरोग, मन्दाग्नि, मानसिक रोग, नेत्रविकार आदिलाई हेर्र्नु पर्यो भने सूर्य ग्रहलाई नै हेर्ने गरिन्छ। यति मात्र नभई जन्मसमयको आधारमा सूर्यको स्थितिलाई हेरेर फलादेश हुन्छ। जन्म समयमा सूर्य लग्नमा छ भने स्वाभिमानी, क्रोधी, उग्र स्वभावको, असहिष्णु र तामसी प्रकृति हुन्छ भनिएको छ, साथै यस्ता व्यक्तिहरु कुनै पनि यात्रामा सहभागी हुनुपर्ने उल्लेख छ।
दोस्रो स्थानमा भए शिक्षामा अवरोध, कार्यमा विलम्वता, आर्थिक कठिनाइको सामना गर्नुपर्ने, कार्य पूरा गर्नुपर्ने स्वभावको हुन्छ। तेस्रो भावमा सूर्यले बहादुरी, मान, सम्मान, दिलाउने, शत्रु बढाउने, बलिष्ट मन भएको शत्रुलाई परास्त गर्न सक्ने र लक्ष्मी प्राप्त गराउने, चौथो भावमा सूर्य भएमा सुखको कमी, भाइबन्धुसित मनमुटाव हुने, जमीनमा हानि नोक्सानी हुने र खर्च गराउने, पाँचौमा भएमा सुखमा कमि, आर्थिक हानि गराउने, सन्तानमा बाधा कष्ट र साथै हिनताबोध गराउने फल बताइएको छ। त्यसरी नै सूर्य छैठौ स्थानमा भएमा गुणी, सम्पत्तिवाला, कार्य सफल गराउने, र शत्रुनास गर्ने खालको हुन्छ।
सातौ भावको सूर्यले विदेश यात्रा गराउने, सन्तान सुखबाट विमुख रहने, विरोधीसित विजय प्राप्त गर्ने र वाहन नास गराउने, आठौ भावको सूर्यले जीवनमा दुःख, पीडादायक निम्त्याउने, धन र आयु नास गराउने खालको फल प्राप्त हुने बताइएको छ। नवौ स्थानको सूर्यले असल पुत्र प्राप्ति, बन्धुजनसित मित्रता राख्ने खालको हुन्छ। तर पितालाई कष्ट दिने र कान्तिनाशक हुन्छ। दशौको सूर्यले सर्वत्र विजय प्राप्त गराउने, पुत्र, वाहन, मानप्रतिष्ठा, सम्पत्ति दिलाउने र अभीष्ट सिद्धि गराउने हुन्छ। त्यसरी नै एघारौ भावको सूर्यले दीघायु, धनवान, आनन्द प्रदान गर्ने, मानसम्मान गराउने, योजना सफल गराउने, चौतर्फी सहयोग, लाभ प्राप्त गराउने हुन्छ र, अन्तमा बाह्रौ स्थानमा भएमा नेत्र विकार, आर्थिक कमजोरी, पिता र परिवारसित मतभेद गराउने र व्यय गराउने देखिन्छ।
अझ ब्रतबन्ध, विवाह जुराउनु परेमा वा गृह निर्माण गर्नु परेमा सूर्य ग्रहलाई विचार गरेर नै ज्योतिषीहरुले निर्ण गर्दछन्। सूर्य ग्रह मार्फत सम्पूर्ण स्थान जस्तो कि पर्वत, मठमन्दिर, वनपाखा, खेतबारी, गृहहरु शासित हुन्छ। हाड, छाला, नसा, आँखा, मस्तिष्क, कण्ठ, गृह सबै सूर्यकै प्रभाव क्षेत्र हुन्। यसको दोष हुन गएमा रक्तचाप, ज्वरो, आँखा, कान, नाक, पेट, छालाका रोग उत्पन्न हुन सक्ने तथ्य फलित खण्डले उल्लेख गरेको छ।
समग्रमा भन्दा सूर्यको महत्त्व अति नै रहेको छ। यो सँस्कृति, धर्म, समाज आदि सित जोडिएको छ। यसको बलाबल लिएर नै ज्योतिषीहरुले फलादेश गर्ने गर्दछन्।
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१