पोखरा, १९ साउन । पोखरामा जारी बृहत् सफाइ अभियानअन्तर्गत ११४ हप्ताको अभियान शनिबार छोरेपाटनमा सम्पन्न भएको छ ।
कार्यक्रममा १८ टन फोहरमैला संकलन गरिएको डेभिजफल क्लबका उपाध्यक्ष पुष्प बरालले बताए ।
अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, एनआईसी एशिया बैंक, माछापुच्छे्र महिला क्लब, ड्यामसाइड टोल विकास संस्था, डेभिजफल क्लब, युनाइटेड युथ पोखरा, जनप्रिय मावि स्काउट समूह, युथ नर्स संजाल, नेपाल, मितेरी नारी समूह, छोरेपाटन मावि, ओम एकेडेमी छोरेपाटन, एक्स आर्मी मावि, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, डेभिजफल टोल विकास संस्था, गुप्तेश्वर महिला जागरण संस्था, टासिलिङ तिब्बतियन क्याम्प, नारी उत्थान दिदी बहिनी समूह लगायत स्थानीय संघसंस्था र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।
यसअघि कास्कीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी मुरारी बस्नेतलाई समग्र कस्केली समुदायका तर्फबाट गुप्तेश्वर महादेव गुफाका मुल पुजारीले टीका एवं रुद्राक्षको मालाद्वारा स्वागत अभिनन्दन गरेका थिए ।
कार्यक्रममा प्रजिअ बुढाले अभियानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहभागिता जनाउने प्रतिबद्धता जनाए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल र गण्डकी प्रदेश प्रहरीगणका गणपति एसपी लालमणि आचार्यसमेतको विशेष उपस्थिति थियो ।
कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
आगामी ११५ हप्ताको अभियान चिप्लेढुंगा वीपीचोकमा हुने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१