संघीय सरकारको एकात्मक सोच : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७५

पोखरा, १६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीय सरकारको एकात्मक सोचका कारण प्रदेशलाई काम गर्न कठिन भएको गुनासो गरेका छन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरामा बुधबार शिवानन्द कुण्ड समुद्घाटन समारोह उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले अधिकार नहुँदा निरीह भएर बस्नुपरेको गुनासो गरे ।

‘राष्ट्रिय एकता, आर्थिक विकास, मानवीयताको आधारमा अघि बढ्न सकियो भनेमात्र समृद्धि हुन सक्छ,’ उनले भने, मानवसँग नजोडिएको समृद्धि आफैमा समृद्धि होइन ।

‘गण्डकी अस्पतालमा सिटी स्क्यान बिग्रिएको छ, मर्मत गर्न वा नयाँ किन्न संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुनाले सोध्नुपर्छ हामीले मात्र सहयोग गर्ने हो । यो न सघीय सरकारले गर्छ न अधिकार दिन्छ,’ उनले प्रत्रि्रश्न गर्दै भने, ‘कसरी हुन्छ विकास ?’ अस्पतालको सिटी स्क्यान खरिद गर्दा १ करोड रुपैयाँ लाग्ने उनले जानकारी दिए । त्यो किन्न नसक्ने गरिब सरकार होइन, सोच र इच्छाशक्तिका कारण रोकिएको मात्र हो । उनले संस्कार, संस्कृति र काम गर्ने शैली अझै नबुझिएको बताए । पोखराका उद्योगपति सुशीलकुमार गोशलीले स्वामी शिवानन्द गोशली बाबा (विष्णुकुमार गोशली) को पुण्यस्मृतिमा ७० लाख रुपैयाँ लागतमा मन्दिर परिसरमा शिवानन्द कुण्ड निर्माण गरेका हुन् ।

पञ्चधारा, फलेचा र मध्यभागमा आशुतोष भगवान् शिवस्वरुप शिवलिंग सहितको अष्टभुजाकारको शिवस्वरुप कुण्ड निर्माण गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई हस्तान्तरण गरियो ।

कार्यक्रममा प्रदेश सांसद मीना गुरुङले विन्ध्यवासिनी यस क्षेत्रकै महत्वपूर्ण धार्मिकस्थल भएको उल्लेख गरिन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विन्ध्यवासिनी बाटिकामा निर्माण गरिएको शिवानन्द कुण्डसहितको भौतिक संरचनाले यस क्षेत्रको आकर्षण बढाएको बताए ।

संस्कृतिविद्ध एवं समितिका सचिव तीर्थ श्रेष्ठले मन्दिरको गुठीको २६ रोपनी जग्गामा १ सय जना विद्यार्थीको लागि आवासीय व्यवस्था सहितको भवन निर्माणमा जुटेको जानकारी दिए।

व्यावसायिक शिक्षा प्रदान गरिने उक्त विद्यापीठ निर्माणका लागि १३ करोड लगानी हुने बताउँदै उनले त्यसका लागि प्रदेश सरकारबाट यसै आर्थिक वर्षमा १ करोड २५ लाख विनियोजन भएको बताए।

विन्ध्यवासिनी मन्दिर परिसर आकषिर्त गर्न पार्क, लिफ्ट, पानीको फोहोरा लगायत भौतिक पूर्वाधारहरु निर्माण भैरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width