मनको फोटोग्राफर विमोचन

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७५
manko photo

पोखरा, ५ साउन।खेमलाल पौडेल (विकास)को मनको फोटोग्राफर विविध संग्रहको शनिवार विमोचन भयो।

१०८ पृष्ठको उक्त पुस्तकमा लेखकका सात कथा, २१ कविता, चार निबन्ध र १९ गीत समावेश रहेका छन्।

संग्रहको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीप तथा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संयुक्त रुपमा विमोचन गरे।

त्यस अवसरमा प्रमुख अतिथि समीपले लेखकको पहिलो कृतिबाट राम्रो लेख्न सक्ने आशा रहेको बताए।

कवि भनेको प्रतिभा हो, उनले भने, कुशल कवि बन्न जाँगर र निरन्तर साधना चाहिन्छ।

स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले लेखकले फोटोग्राफी जीवनमा भोगेका र आफूले पत्रकारितामा भोगेका अनुभव उस्तै उस्तै रहेको उल्लेख गर्दै सुन्दर सिर्जना नै समाजका लागि हितकर हुनेबताए।

पुस्तकको समीक्षा गर्दै गुप्तेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक लालमणि पोखरेलले पुस्तकमा लेखकका जीवन भोगाइका कुरा रहेको उल्लेख गर्दै जुन कृति जति पढ्दा पनि नयाँ हुन्छ त्यसलाई सफल कृति मानिने बताए। नवनीत साहित्य सागर पोखराका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रुपिन्द्र प्रभावी कटु, बालन एवम् कला संस्कृति प्रतिष्ठानका अध्यक्ष खगराज आचार्य, संघर्षमा कलमका अध्यक्ष कृष्ण रानाभाट सारथि, पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले शुभकामना व्यक्त गरेका थिए।बाल प्रतिभा अन्जना सुवेदीले कविता वाचन गरेकी थिइन्।

संस्थाका उपाध्यक्ष बद्रीनाथ पहारीको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम शर्माले गरेका थिए।

सदस्य मेघनाथ पौडेलले कृतिकारको परिचय राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…

hero news full width