पोखरा, ३ साउन। गण्डकी बहिरा संघले विपद् व्यवस्थापनसम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम गरेको छ।
सुस्तश्रवणका लागि आयोजित कार्यक्रममा ४० जना सहभागी थिए। कार्यक्रममा पोखरा महानगरपालिकाले गण्डकी बहिरा संघलाई एक थान ल्यापटप प्रदान गरेको छ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसिका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले ल्यापटप हस्तान्तरण गरेका थिए।
कार्यक्रममा उनले अपाङ्गता भएकाहरुलाई स्वरोजगार बनाउनका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।
नेपाल रेडक्रस सोसाइटी कास्कीका देवनारायण पौडेलले जुनसुकै बेला विपद् निम्तन सक्ने भएकाले सजग रहनुपर्ने आवश्यकता औल्याए। गण्डकी बहिरा संघका अध्यक्ष जमानसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमिला थकालीले स्वागत र अञ्जना गुरुङले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा दोभाषे रुद्र पहारीले सहजीकरण गरेका थिए।
पोखरा महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी कास्कीले कार्यक्रमलाई सहयोग पुर्याएका थिए।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१