पोखरा, २७ असार । गण्डकी प्रदेश सरकारको वुधवार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ।बैठकले नीति तथा योजना आयोगको उपाध्यक्ष र सदस्यको उमेर ३५ देखि ५५ वर्ष हुनुपर्नेमा संशोधन गरी ३५ देखि ६५ वर्ष बनाएको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशको नामकरण हुनुअघि प्रदेश सरकारले बनाएका कानूनमा ४ नम्बर प्रदेश लेखिएकोमा सबैलाई संशोधन गरी गण्डकी प्रदेश राख्न गरेको प्रस्तावलाई पारित गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए। गण्डकी प्रदेश संसद्ले प्रदेशका लागि हालसम्म १५ वटा कानून निर्माण गरिसकेको छ।
यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा गठित प्राकृतिक स्रोत साधन र सार्वजनिक जग्गाको दोहन रोक्न गठित समितिले बनाएको मापदण्ड मन्त्रिपरिषदको आर्थिक, सामाजिक र पूर्वाधार समितिमा छलफलका लागि पठाइएकोमा समितिले केही परिमार्जन सहित दिएको प्रतिवेदन बैठकले पारित गरेको छ।
बैठकले क्रिकेट खेलाडी करण केसीलाई १ लाख रुपैयाँ सहित सम्मान गर्न सामाजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषदको बैठकले पारित गरेको प्रवक्ता बस्नेतले जनाए ।
यस्तै, बैठकले मुस्ताङमा टि्रपर दुर्घटनामा परी ज्यान गुमाएका मृतकप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
Related News
सम्बन्धित समाचार
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भूगोलविद् डा. हर्कको सालिक अनावरण
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१